Kohalpur Today Header Ads

आज राति अत्यधिक उल्का वर्षा हुने




शुक्रबार राति अत्यधिक मात्रामा उल्का वर्षा हुने भएको छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार सन् २०२५ को पहिलो उल्का वर्षा शुक्रबार राति अत्यधिक मात्रामा हुने भएको हो।

ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

LIfe Ok

भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि शुक्रबार राति भने अत्यधिक उल्का वर्षा हुने उनले बताए।

शुक्रबार रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ। उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने भट्टराईले उल्लेख गरे।

प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म उल्का वर्षा हुने अनुमान छ। ती आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमीमाथि वायुमण्डलमा देखिनेछन्।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धूलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन्। यसैलाई उल्का वर्षा भनिने उनले बताए। उल्का वर्षालाई नेपाली बोलचालमा ‘तारा खसेको’ पनि भनिन्छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस १९ गते शुक्रबार