लक्ष्मीप्रसाद ढकालद्वारा लेखिएकाे गद्यकविता : बार्दली ‘बा’

बार्दली बा ( गद्यकविता )

राजनीतिमा असम्भव भन्ने छैन
राजनीति सम्भावनाको खेल हो
खेल खेल्दा गोल हुन्छ स्वाभाविक हो
गोल नभए पेनाल्टी हानेरै भए पनि जित र हार हुन्छ
हिजो बालुवाटारबाट गोल हान्दा बार्दलीमा
आज बार्दलीबाट गोल हान्दा बालुवाटारमा
राजनीति सम्भावनाको खेल हो
राजनीतिमा असम्भव भन्ने हुँदैन ।

राजनीतिमा स्थायी शत्रु हुँदैन
राजनीतिमा स्थायी मित्रु पनि हुँदैन
स्वार्थले भरिएको राजनीति पासा कता फर्किन्छ थाहा हुँदैन
हिजो टाउकाको मूल्य तोक्नेहरू
आज टाउको जोडिएको देख्दा
आज ह्याकुलो जोडिएकाहरू
भोलि काटाकाट , मारामार र चाटाचाट गरेको देख्दा आश्चर्य मान्नुपर्दैन
किनकि राजनीतिमा असम्भव भन्ने केही छैन
राजनीति सम्भावनाको खेल हो ।

राजनीति कुटनीतिक खेल हो
कुटनीतिमा राजनीति हुन्छ
राजनीति सम्भावनाको खेल हो
कुटनीति पनि सम्भावनाको खेल हो
राजनीतिक खेलबाट कुटनीतिक खेल अलग रहँदैन
कुटनीतिक खेलबाट राजनीतिक खेल पनि अलग हुँदैन
राजनीतिको उद्देश्य सत्ता प्राप्ति नै हो
सत्ता प्राप्तिका लागि राजनीतिज्ञले जे पनि गर्न गर्न सक्छ
त्यसैले राजनीति सम्भावनाको खेल हो
त्यसैले राजनीतिमा असम्भव हुँदैन
राजनीति बार्दलीबाट बालुवाटार
राजनीति बालुवाटारबाट बार्दली कुनै आश्चर्य होइन ।

रचना : लक्ष्मीप्रसाद ढकाल
दर्शनाचार्य
त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर ।