Kohalpur Today Header Ads

कोहलपुर टुडे डटकमको प्रथम वार्षिकोत्सव




कोहलपुर ।

बाँकेको कोहलपुरबाट प्रकाशन हुने कोहलपुर टुडे डटकमले शनिबार प्रथम वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।  कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरी प्रथम वार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।

कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडे डटकमका प्रकाशक डिल्ली शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर टुडे डटकमका कर्णाली व्यूरो प्रमुख सुदाम शर्माले स्वागत मन्तव्य राखेका थिए ।

LIfe Ok

कोहलपुर टुडे डटकमको प्रथम वार्षिकोउत्सवमा नियमित पाठकमा नवराज भण्डारी, लेखक बासुदेव चौधरी र गौरीलाल कार्की, सञ्चारकर्मी विनोद भट्टराई, सल्लाहाकार शिव सुनार, कोहलपुर टुडे डटकमका कर्णाली प्रदेश व्यूरो प्रमुख सुदाम शर्मा र विज्ञापनदाता शारदा पोलिक्लिनिक, भेरी कर्णाली अस्पताल, माता मनकामना आयूर्वेद क्लिनिक, ईम्स दर्पण कम्प्यूटर र के.डि.एम.टेडर्स एण्ड सप्लायर्स सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले २१औं शताब्दीमा डिजिटल मिडियाको आवश्यकता रहेको बताए । ‘कोहलपुर लगायत केन्द्रिय स्तरका अनलाइन सञ्चार माध्यमहरुले कोहलपुरका बारेमा विभिन्न किसिमबाट सूचना प्रवाह गरिरहेको अवस्था छ’ उनले भने, ‘कोहलपुरमा पछिल्लो समयमा सबैभन्दा बढि स्थानीय समाचारहरु सूचना प्रवाह कोहलपुर टुडे डटकमले गरिरहेको छ ।

अब कोहलपुर टुडे डटकमले कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा आफ्नो पहँुच पुर्‍याएको छ, नेपालभरी आफ्नो पुहँच पुर्‍याउनका लागि पालिकाले गर्नुपर्ने सहयोग गर्ने कोहलपुर नगरपालिका प्रमुख आचार्यले प्रतिबद्धता व्यक्त गरे । ‘कोहलपुर नगरपालिका आफ्नो पालिकाका गतिविधिहरुलाई सबैभन्दा बढि समेटने सञ्चारमाध्यमलाई १ लाख पुरस्कार दिने भनी घोषणा समेत गरिसकेका छौं’ ‘त्यसको लागि वर्षदिनमा कुन मिडियाले के कति पालिकाका विभिन्न गतिविधिहरु समेट्छ त्यसलाई पहिलो प्रथामिकता राख्नेछौं’ उनले थपे ।

यस्तै कोहलपुर टुडे डटकमका सल्लाहाकार शिव सुनारले अहिले डिजिटल युग हो, त्यसैले अनलाइनहरु च्याउँजस्तै उम्रिएको बताए । ‘अहिले हरेक व्यक्तिसंग अनलाइन पोर्टल खोलेका छन्’ उनले भने, ‘प्रभावकारी र निष्पक्ष रुपमा सूचना र सन्देशहरु प्रवाह गरेका हुँदैनन र छैनन पनि ।’ तर कोहलपुर टुडे डटकमले पत्रकारिताको आचारसंहिता पूर्ण पालना गर्दै सत्य, तथ्य र निष्पक्ष ढङ्ग सूचना सन्देशहरुलाई प्रवाह र प्रशारण गर्दे आइरहेको कोहलपुर टुडे डटकमका सल्लाहाकार सुनारले बताए ।

यस्तै कोहलपुर टुडे डटकमका सम्पादक एकराज शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै शर्माले स्थापना गरेको एक वर्षमा दैनिक अधिकत्म ५३ हजार र न्यूनतम ५५ हजार ५ सय जनाले कोहलपुर टुडे डटकमलाई अध्ययन गरेको तथ्याङ्क रहेको बताए । स्थापनाको एक वर्षमा कर्णाली प्रदेशका जिल्लाहरु सुर्खेत, रुकुम पूर्व र पश्चिम, सल्यान, जाजारकोटमा आफ्नो शाखालाइृ विस्तार गरेर कर्णाली व्युरो प्रमुखमा सुदाम शर्मालाई जिम्मेवारी प्रदान गर्न सफल भएको प्रतिवेदनमा शर्माले प्रस्तुत गरेका थिए ।

शर्माले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा शाखा विस्तार र बाँके, बर्दिया, कैलाली तथा दाङ जिल्लामा समेत आफनो शाखा विस्तार गरिसकेको र आफनौ शैलीपुस्तिकाको निर्माण गरी प्रयोग गरिरहेको शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक डिल्ली शाहीले मिडियाका क्षेत्रबाट सत्य, तथ्य र निष्पक्ष रुपमा नियमित सूचना र समाचारहरु प्रवाह गरिरहेको बताए । ‘प्रथम वार्षिकोत्सवको अवसरमा ६ विधाहरुमा सम्मान गरेको छ’ उनले भने, ‘जुन आगामी दिनहरुमा निरन्तरता दिनेछु ।’ बाँके लगायत देशभरी नै आफ्नो पहुँच पुर्‍याउनका लागि भावि योजना निर्माण गरिएको कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक शाहीले बताए ।

यस्तै कार्यक्रममा बागेश्वरी बहुमुखी क्याम्पस प्रमुख दान बहादुर हमाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव सिएम उपाध्याय, मानव अधिकार मञ्च नेपालका बाँकेका अध्यक्ष राम बहादुर मल्ल, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट धिताल, शिव शक्ति आधारभूत विद्यालयका प्रअ बद्रि सापकोटा, जनज्योति पब्लिक स्कुलका प्रिन्सिपल जनक चन्द, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायत, कोहलपुर वडा नम्बर १ का वडा सदस्य कविराम पुलामी, शिक्षक बद्रि ढकाल (हिरामण), ओमकार शर्माले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चारकर्मी कल्पना कार्कीले सञ्चालन गरेकी थिइन् ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t39.30808-6/319047050_3467712073459775_3511505254545802734_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=995powIOfqcAX_gQ9ob&_nc_ht=scontent.fktm9-2.fna&oh=00_AfDFhLjqI6k25ADA7hl5vxEi5SkS6u3jMZT60sP_q4-p1A&oe=63993F96https://scontent.fktm9-2.fna.fbcdn.net/v/t39.30808-6/317494311_3467712136793102_1908811380097974221_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=qpBc0fe4zgIAX8HZujH&_nc_ht=scontent.fktm9-2.fna&oh=00_AfBhPnaYFL1B_1FHR-LlNZnLHY7Fwquwy32olL2Ts1AvDQ&oe=6399911B https://scontent.fktm9-2.fna.fbcdn.net/v/t39.30808-6/318437400_3467712920126357_2257751965513434077_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=4ECtIW-7RK8AX_-rcek&_nc_ht=scontent.fktm9-2.fna&oh=00_AfBpSV5yHy2M1me7SP8G5-8uQ5E1N51q0cOpTW9EFc6HlQ&oe=639A68D5

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २४ गते शनिबार