नेपाल प्रहरीमा डीएसपीदेखि डीआईजीपीसम्म बढुवाका लागि सिफारिस




काेहलपुर ।

नेपाल प्रहरीमा चार जना प्रहरी अधिकारी क्रमस प्रहरी नायव महानिरीक्षक (डीआईजीपी), दुइ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह तर्फ डीआईजीपीमा एक जना, एसएसपीमा दुइ जना र डीएसपीमा एक जना बढुवाका लागि सिफारिस गरेको हो ।

जसमा प्राविधिक प्रहरी समूह तर्फ ईन्जिनियरिङ उप–समूह, भौतिक पुर्वाधार तथा सवारी निर्देशनालयतर्फका एसएसपी फणिन्द्र बराल डीआइजीपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूह, चिकित्सकतर्फ भने एसपी डा.अभिमन्यु श्रेष्ठ र डा.बिपिनकुमार श्रेष्ठ एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।


यस्तै प्राविधिक प्रहरी समूह, संगिततर्फ भने एकजना प्रहरी निरीक्षक भुलाराज खनाल सोही समूहको डीएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

चारै जना प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम चार अनुसार बढुवा गरिएको बढुवा सिफारिस समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार