दुर्गम पहाड को एउटा गाउँमा हाम्रो घर । थियोे हाम्रो घर को छेवैमा कान्छा जुमाल को घर थियोे। दुर्गम पहाडमा बसे पनि जुमाल बा का दुईवटा छाेरा हरु पढिलेखि ठुलै जागिरे भएका थिए। दशै बिदामा घर आएका जुमाल बा का दुईवटै छाेरा बिदा सकिएकोले एकैदिन एक जना पाेखरा गए एक जना काठमाडौं गए।हाम्रो गाउँ घरकाे चलन घर बाट दुई जनाएकै दिन घर छाेडेर गए पछि तीन चुला हुन्छ। तीन चुला भए नराम्रो हुन्छ चार चुला बनाउनुपर्छ भन्ने भनाई थियो ।
तेसैले जुमाल बा काे नातिनि बेलमति हाम्रो घरमा खान खाना र बास बस्न आउने कुरा भयो । बेलमति र म एकदमै मिल्ने साथी भएको ले बेलमति पनि निकै खुसि थिईन र म पनि निकै खुसि थिए।बेलमति बेलैमा हाम्रो घरमा आईन । दुर्गम पहाड काे बसाई खेत थिएना हाम्रो थाेरै पाखाे वारि थियोे । त्याे पाखाे बारिला उब्जिएको अन्नाले मुस्किल ले ४/५ महिना मात्रै खाना पुग्थ्यो र बाँकी दिन ज्यानतेन गरेर छाक टार्नु पर्थ्याे हाम्रो घरमा ।
बाबा भारतको पन्जाबमा वाच मेनकाे काम गर्नु हुन्थ्यो । तेतै बाट बुवाले पठाएको पैसा ले पुगाई पुगाई घर खर्च चलाउनु पर्ने आमाको बाध्यता थियोे । साथी घरमा आएको ले म धेरै खुसी थिए तर छाेरिकाे साथी गाउँकाे कहलिएकाे जुमालकाे नातिनि घरमा आएकाे घरकाे अवस्थाले गर्दा मिठाे मसिनाे पकाए खुवाउन नसकिने भएको ले आमा ले अल्लि दुख मान्नु भएको थियोे । बेलमतिले हाम्रो घरमा पाकेकाे सिस्नाे र राेटि अनि पाेलेकाे मकै मिठाे मानेर हाेकि रहरले हाे रमाई रमाई धेरै खाईन। बेलमतिले रमाइ रमाइ खाएको देखेर आमाको पनि पिर चिन्ता हट्याे।हामी अबेर राति सम्म बसिम।आमाले सिलुक (दन्ते कथा)सुनाउनु भयाे ।
आमाले दन्ते काथा सुनाउदै हुनुहुन्थ्यो हामी भुसुक्कै निदाए छाैं। राति बेलमतिले मलाई उठाईन र शाैचालय जाउ भनिन् । म उनी संगै शाैचालय गए। सुतेर ननिदाउदै फेरि उनले शाैचालय जाम भनिन् । एकै छिनमा पेट दुख्यो भन्ना थालिन। आमाले चिसोले हाेकि भनेर तेल तताएर पेट मिन्दिनु भयो । पेट मिन्दा मिन्दै दिशा लाग्यो भनेर उठेकि उनिले आँगनमा दिशा गरिन । केही बेरपछि बेलमतिले बान्ता पनि गरिन । झारा बान्ता गर्दागर्दै उनी बेहाेस भइन। आमा गएर बेलमतिकाे अबस्थाकाे बारेमा उनको घरमा जानकारी गराउनु भयाे । जुमाल बाले बेलमतिलाई घरमा लीएर जानू भयो। एकै छिनमा गाउँ भरि हल्ला फिजियाे। गाउँका धनिमानी मान्छे काे घरमा बिरामी पर्दा एकै छिनमा गाउँ भरिका मान्छे जम्मा भए ।
सबैकाे सरसल्लाहले पल्लाे गाउँकाे झाँक्री बाेलाउने निधाे भयो । गाउँका दुईतिन जना केटा हरुले झाँक्री लिएर आए। झाँक्री अक्षिता छर्दै बउलाउदै बेलमतिकाे नारि समातेर बाेक्सिकाे खेल खण्ड ले यस्तो भएकाे भन्याे।मेराे आमा उमेरले चालिस नागेकि। देख्दा पनि कालिर कुरुप थिईन।तेसैमा बेलमति हाम्रै घरबाट बिरामी भएर आएकाेले सबैकाे नजर मेरी आमा तिरै थियो । केही बेरमा बेलमतिकाे काका काे छाेरा लाई पनि झाडापखाला सुरु भयाे। झाँक्रीले नारि समातेर याे पनि बाेक्सिकाे करामत हाे भनिदियाे ।
जुमालकाे कान्छी बुहारी कराउँदै तँ हाेस बाेक्सिनि हाम्रो छाेरा छाेरिलाई खान खाेजने। तलाइ जिउँदो छाेडदिना भन्दै मेराे आमालाई झम्टिना आईन।कपाल समातेर आमालाई लछारपछार बनाउना थालिन। आमाले म बाेक्सि हैना यसमा मेराे केही दाेस छैना मलाई नमार्नुहाेस भन्दै बिन्ती गर्नु भयो। गाउँ का अरु दुई चार जना महिला पनि जुम्मालकाे बुहारीलाई साथ दिदै मेराे आमालाई पिटना थाले। आमा बाेक्सिनि हैना म मलाई छाेडदिनुस भन्दै हुनुहुन्थ्यो झाँक्रीले डँकिनि बढि बाेल्छेस भनेर बल्दाबल्दैकाे अगुल्टो आमाको मुखमा काेचिदियाे।मुख पाेलेर आमा बाेल्ना नसकने हुनु भयाे।
आमालाई आँगन काे छेवैकाे रुखमा डाेरिले बाँधन थाले।मैले मेराे आमा बाेक्सि हैना छाेडिदिनुस भनेर हजार बिन्ती गरे। कसैले सुनेनान।लाहुरे काका लाई काका मेराे आमालाई फुकाईदिनुस मेराे आमा बाेक्सि हैना भनेर भन्दै थिए। काकाले बाेक्सिकाे छाेरि पनि बाेक्सि हुन्छ जाभाग भनेर गल्हत्याईदिनु भयो । मराे सानू भाइ आमाको दूध खाना नपाए राेई रहेको थियोे । भाई लाईआमा काे दूध खुवाउना धेरै काेसिस गरे ।तर मलाई नजिकै जाना दीएनान।
आमा मलाई र भाईलाई हेरेर राेई रहनु भएको थियो म र भाइ आमा लाई हेरिर राेई रहेका थिईम।उज्यालो भयाे मैले भाईलाई घरमा लिएर माड बनाएर खुवाई दिए आमालाई पनि एक लाेटा माड बनाएर ल्याई दिए रात भरिकाे चिसो अनि पिटाइ ले आमा रुख जस्तै हुनु भएको थियोे सुनिएर। मैले आमालाई माड खुवाउन लागेकि थिए । एक जना आएर बाेक्सिनिलाई खाना खुवाउने भनेर लातिले लाेटा हानेर फाल्दियाे।आमा भाेक प्यासर निद्राले ब्याकुल हुनुहुन्थ्यो। तर कसैले पनि एक थाेपा पानी खाना दिएनन् दिउसो १२/१ बजे तिर बेलमति ले प्राण छाेडिन तेस पछि झन आमा लाई यातना दिना सुर गरे बेलुका पख गाउँमा अरु केटा केटिलाई पनि बेलमतिकाे जस्तै बिरामी लाग्यो ।
झाँक्री ले याे पनि बाेक्सिकाे खेल भनिदियाे तेस पछि त आमाको सरिरमा कति सिस्नाे पानी पर्यो कति लठ्ठी भाँचिए साध्यनै भए न। भाइ राेई रहेको थियो मैले सुताउना अनेक काेसिस गरे भाइ सुतेना तर म कतिबेला निदाए थहानै भएना बिहान म बिउझदा भाइ कहिले न बिउझने गरेर निदाई सकेको रहेछ। म रुदै आमा भएको तिर गय तर मलाई नजिक जाँना दीएनान। गाउँ भरि एस्तै बिरामी फैलिएकोले जिल्लाबाट स्वास्थ्य करमिकाे टाेलि गाउँमा आई पुग्यो।
बिरामी बाल बच्चा लाई चेक जाँच गरेर याे फाेहर पानीको कारणले झाडापखाला भएको र बाेक्सिकाे खेल नभएको भन्दै आमालाई फुकाई दिना स्वास्थ्य करमिले भने । बिरामी बालबालिकालाई उपचार सुरुभयाे। मेराे आमालाई रुखबाट बाँधेको डाेरि फुकाउन जाँदा आमाले याे संसार छाेडि सक्नु भएको रहिछ। समाजकाे अन्धविश्वासले गर्दा मेराे सानू भाई रआमा काे यसरी मृत्यु भयाे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्