बैजनाथ गाउँपालिकाद्धारा वित्तिय साक्षरता र मनोसामाजिक परामर्श

बैजनाथ गाउँपालिकामा १ सय २ जनाले प्र्रमाण पत्र प्राप्त गरेका छन् ।

कोहलपुर ।

बाँकेकोका बैजनाथ गाउँपालिकाद्धारा वित्तिय साक्षरता र मनोसामाजिक पराशर्म कक्षा समापन गरिएको छ । मंगलबार एक औपचारी कार्यक्रम गरी गाउँपालिका प्रमुख मान बहादुर रुचालले उद्घाटन गरेका थिए । सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडी सभापति रहेका थिए । नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी र वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक बाँकेको आयोजनामा सो कार्यक्रम सञ्चालन भएको थियो ।

बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर रुचालले महिलाहरुको हक हितका लागि निकै प्रभावकारी कार्यक्रम रहेको बताउनुभयो । अहिले बैदेशिक रोजगारमा महिलाहरुको बढि चाप बढिरहेको छ त्यसलाई न्यूनिकरण गर्नका लागि यो परियोजना लागू गरिएको हो उहाँले भन्नुभयो त्यसको लागि साक्षरता र वित्तिय कक्षा सञ्चालन गरेका हौं ।

सो कक्षाबाट कति बचर्त गर्दा कति खर्च गर्ने, कुन कुन क्षेत्रमा लगानी गर्ने, उद्यमी बन्न के के गर्ने जस्ता स्वरोजगार हुन सिकाएको छ उहाँले थप्नुभयो तर बैदेशिक रोजगार जानै सहि सूचना लिएर सिप सिकेर जाऔं । अहिले बैदेशिक रोजगारमा श्रीमान गएको छ भने श्रीमतिसंग केही डकुमेन्टहरु हुँदैनन त्यसले यदि उसको श्रीमान विदेशमा कुनै समस्या भयो भने उद्धार वा समाधान गर्न समस्या हुन्छ त्यसैले एक प्रति अनिर्वाय रुपमा राख्नुपर्ने लगायत कक्षामा सिकाई भएको उहाँको भनाई थियो ।

यस्तै सामी परियोजनाका संयोजक मिना चौधरीले बैदेशिक रोजगारी नजाऔ, जानै परे सहि सूचना लिएर जाँऔ, विदेशमा कमाएको रकमलाई स्वदेशमा सहि सदुपयोग गरौं भन्ने मुल उद्देश्यका साथ सञ्चालन भएको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै इन्रुडेकमा अध्यक्ष धर्मा रोकाय, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सदस्य डिल्ली शाही र समाजसेवीहरुको उपस्थित रहेको थियो ।