उखरमाउलो गर्मीबाट बचाउन कलिला बोटबिरुवालाई सिचाई गर्दै कोहलपुर

आफ्नो वडाको क्षेत्रफलमा लगाइएका विरुवाको संरक्षण गर्दै सिचाई गरिरहेका छौं : वडा अध्यक्ष ओपेन्द्रनाथ योगी

कोहलपुर ।

कोहलपुर नगरपालिकाले प्रचण्ड गर्मीमा विरुवाको संरक्षण र सिचाई गर्दै हरित नगर बनाउने योजनामा लागेको छ । अहिले कोहलपुर बजार क्षेत्रमा बोटबिरुवा रोप्नको लागि तयारी भैरहेको छ ।

ती बिरुवाको संरक्षण होस् भन्ने उद्देश्यले रोप्नु पूर्व नै तारबार लगाउने काम धमाधम चलिरहेको छ । यसअघि रोपिएका बिरुवाको प्रजाति समेत हरित नगरी अनुकूल नभएको र संरक्षणमा समेत वेवास्ता भएपछि नगरपालिकाले दीर्घकालीन योजनासहित बोटबिरुवा रोप्न लागेको हो ।

कोहलपुर नगरपालिका–९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी र नगर प्रहरी प्रमुख बीर बहादुर थापा आज बिहान जार बोकेर भवानीपुरमा बिरुवालाई पानी हाल्न ब्यस्त थिए ।

‘विरुवालाई हर्काउन निकै महेनत गरेका छौं,’ ९ का वडा अध्यक्ष योगीले भने, यहाँका स्थानियबासीहरुले समेत हुर्काउन ठुलो सहयोग गर्नुभएको छ, स्थानियहरुले घरघरबाट बाल्टी, जार र अन्य सिचाई गर्न प्रयोग गरिने सामग्रीहरु ल्याउनुभएको वडा अध्यक्ष योगीले बताए ।

उखरमाउलो गर्मीले आक्रान्त पारिरहेका बेला वडा अध्यक्ष योगी र नगर प्रहरी प्रमुख थापाको खटाइले बोटबिरुवा संरक्षणमा उनिहरुको चासो र चिन्ता कति छ ? भन्ने कुरालाई प्रस्टाएको सहजै महशुस गर्न सकिन्छ ।

कोहलपुरलाई हरित नगर बनाउने उद्देश्यले कोहलपुर–नेपालगन्ज सडकखण्ड अन्तरगत पर्ने क्षेत्रमा गएको वर्ष विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको छ । ती बोटबिरुवा अहिले हुर्कने क्रममा छन् ।

तर लामो समयदेखि पानी नपरेका कारण हुर्किदै गरेका कलिला बोटबिरुवा मर्ने जोखिम छन् । गर्मीले बोटबिरुवा मर्ने जोखिम बढेपछि नगर प्रहरी संगको सहकार्यमा स्थानीयबासी समेत सहभागी भएर आफ्नो क्षेत्रभित्र रहेका बोटबिरुवालाई सिचाई गर्ने काम गरिएको वडा अध्यक्ष योगीको भनाइ छ ।

कोहलपुर नेपालगन्ज खण्ड अन्तरगत वडा नम्बर ९ मा पर्ने पिपरी चोकदेखि दक्षिण वडा नम्बर १४ को सिमा भित्र पर्ने १ सय ८२ वटा बोटबिरुवामा सिचाई गरिएको नगर प्रहरी प्रमुख थापाले बताए ।

हरित अभियान्ता इन्द्र गौतमको समेत सहभागीतामा बोटबिरुवालाई सिचाई गर्ने काम भएको छ । भएका बिरुवाको संरक्षण र सम्बर्धनका लागि अहिले नगर प्रहरी आफै खटिएको छ ।

‘आफ्नो क्षेत्रभित्र रहेका बोटबिरुवाको अवस्थाबारे दैनिक अनुगमन गर्ने गरेका छौं,’ नगर प्रहरी प्रमुख थापाले भने, ‘गर्मीका कारण बोटबिरुवा जोखिममा परेपछि दैनिक जस्तो पानी हाल्ने काम नगर प्रहरीले गर्दै आएको छ ।’

कोहलपुरले गत असार २० गते २५ लाखको लागतमा पिपरीदेखि पिप्रहवासम्म ८ सय ५६ वटा विरुवा वृक्षारोपन गरिएको थियो भने सुरेन्द्र हमाल र कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण पुसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, ८ का वडा अध्यक्ष लाल बहादुर राना, ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, १४ का वडा अध्यक्ष नम बहादुर आलेले छतिवनको विरुवा लगाउँदै उद्घाटन गरेका थिए ।

यो पनि हेर्नुहोस् ।

२५ लाखको लगानीमा पिपरीदेखि पिप्रहवासम्म वृक्षारोपन (फाेटाे फिचर)