पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली त्रिभुबन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित कोर्टमा मंगलबार भएको दोस्रो क्वाटरफाईनल खेलमा आर्मीले बागमती प्रदेशलाई पराजित गरेको हो । आर्मीले ३–० को सोझो सेटमा जित निकालेको हो ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेट २५-१५ ले जित हात पारेर आर्मीले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । आर्मीले आजै भएको पहिलो क्वाटरफाईनलको बिजेता अर्को विभागिय टोली नेपाल पुलिससँग सेमिफाइनलमा खेल्ने छ । बागमती प्रदेश भने बाहिरिएको छ।
आजनै अन्य दुई क्वाटरफाईनलको खेल हुनेछ । तेस्रो क्वाटरफाईनलमा नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । चौंथो तथा अन्तिम क्वाटरफाईनल खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर एकबीच हुनेछ । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।
Khelpati.com बाट साभार
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्