काठमाडौं ।
काभ्रेको कात्तिके देउराली बजारमा चोरी भएको छ ।
चौरी देउराली गाउँपालिका–६ मा रहेको बजारका पसलहरूमा बुधबार राति चोरी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
चोरी भएको जानकारी पाएपछि बिहान प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी भाग्येन्द्र पूरुष ढकालले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बजारका ६/७ पसलमा चोरी भएको पाइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ फागुन ११ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्