बाँकेमा (एकीकृत समाजवादी) को एक मात्र सिट: जिएमको पल्ला भारी




काेहलपुर । 

आगामी मंसिर -४ मा हुन गइरहेको आम निर्वाचनमा सत्तारुढ गठवन्धन बाँके जिल्लामा सिट बाडफाड मोटामोटी टुङ्गो लागेको श्रोतले जनाएको छ। संघीय निर्वाचन क्षेत्र न.-१ माओवादी, २ जसपा, ३ नेपाली काङ्ग्रेसको भागमा परेको श्रोत बताउँछ। काङ्ग्रेसको गढ मानिएको क्षेत्र न.-१ माओवादीको पोल्टामा परिरहदा २ वटै प्रदेश काङ्ग्रेसको जबरजस्त दाबी रहेको छ।

२ नम्बरमा जसपा ले पाउँदा त्यस क्षेत्रमा काङ्ग्रेस र माओवादीले पाउने भएका छन। ३ नम्बर क्षेत्रमा काङ्ग्रेसको भागमा परिरहदा त्यस क्षेत्रका उम्मेदवार स्थानिय नभएका कारण जित्नका लागि माओवादी र एकीकृत समाजवादी मिलाउनु पर्ने हुँदा एकीकृत समाजवादीलाई प्रदेश “क” हात पर्ने निश्चित भएको छ।

त्यस क्षेत्रका नेता पुर्व राज्री मन्त्री दलबहादुर सुनारले संघ दावा गरेको र अर्का युवा संघका महासचिव र पार्टी बाके जिल्ला सचिब समेत रहेका दिपक जिएमले प्रदेश “क” दावी गरेका हुदा जिएमको उम्मेदवार हुने निश्चित भएको श्रोतको दावी छ।

निज जिएम २०७४ को आम निर्वाचनमा पनि तत्कालीन नेकपा एमालेबाट त्यही प्रदेशको लागि सिफारिस भएका थिए तर गठवन्धनका कारण उनले टिकट नपाइ माओवादी केन्द्रका आइपी खरेलले पाएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रबार