सुदाम शर्मा, रुकुम पश्चिम ।
कर्णाली प्रदेशको रुकुम पश्चिम मुसीकोट नगरपालिकाले प्याजको गानो उत्पादन कार्यक्रमबाट अनुदानमा कृषि सामग्री वितरण गर्ने भएको
छ । नगर कृषि शाखा रुकुम पश्चिमले शाखाबाट प्याजको गानो सहित कृषि सामाग्री वितरण गर्न लागेको हो ।
सो कृषि विकास शाखाबाट मुसिकोट नगर क्षेत्र भित्रका सबै कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्रिहरु वितरण गर्न लागिएको हो ।
सिँचाइको लागि एच.डी.पि.पाइप, डिजिटल तराजु, विषादी घोल्ने २ सय लिटरको प्लाष्टिक ड्रम, स्प्रेयर टंकी, त्रिपाल लगाएतका सामाग्री ५० प्रतिशतमा अनुदानमा वितरण गरिने नगर कृषि विकास शाखाका अधिकृत प्रेमबहादुर खत्रीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्