भन्सार छलेर ल्याइएको सामान बुझन् मान्दैन राजस्व कोहलपुर

जसले जहाँ जसरी समातेपनि बरामत मुचुल्का ल्याएपछि मात्र सामान बुझ्छौ : राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख जैसी

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको राजस्व अनुसन्धान कार्यालयले भन्सार छली ल्याएको समान बुझ्न मानेको छैन । भन्सारदेखि करछलि ल्याएइएको करिब ५ लाख बराबरको सामान बुझन् नमान्नुको कारण खुलेकाे छैन ।

राष्ट्रिय अनुसन्धानका कर्मचारीको सक्रियतामा शुक्रबार बिहान करिब ७ बजेतिर हाइस्कुल नजिकै भन्सार छलि गरेको सामान ल्याइएको भनी राजस्व अनुसन्धान कार्यालय कोहलपुरकालाई खबर गरे । सो समान राजस्व अनुसन्धान कार्यालयको गेट अगाडि झार्न लगाइयो । तर अहिले कार्यालय प्रमुखले समान बुझ्न मानेका छैनन ।

कोहलपुर टुडेसंग कुराकानी गर्दै भने, आधिकारीक संस्थाबाट मुचुल्का ल्याएपछि मात्र सामान बुझने र कार्यालय समयभन्दा अघिपछि कर छलि ल्याइएको समानको अनुसन्धान नगर्ने जस्तौ गैर जिम्मेवार अभिव्यक्ति दिएका छन् । समानको विल, कसले ल्याइएको, कसरी ल्याइएको भन्ने खाल्को मुचुल्का नल्याएसम्म सामान नबुझने राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख जैसीले बताए ।

उद्योग वाणिज्य संघका महासचिव मातृका सापकोटोले भन्सार छलि गरी ल्याईको समानको कार्यालय अगाडि छ तर समान नबुझ्ने भनेको गैर जिम्मेवार रहेको सापकोटाले बताए । सो सामान दशैतिहारको मात्र सामान रहेको छ । जसमा बदाम, काजु, तेल, नरिवल लगायतका सामान छन् ।