सव डिविजन वन कार्यालय कोहलपुरद्धारा २७ हजार ८ सय विरुवा वितरण

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको सव-डिविजन वन कार्यालय कोहलपुरबाट २७ हजार ८ सय विरुवा वितरण गरिएको छ । आइतबार दिउँसो ४ बजेसम्मको तथ्थांक अनुसार २७ हजार ८ सय विरुवा वितरण गरिएको हो ।

यस्तै सव डिभिजन वन कार्यालय कोहलपुरका रेन्जर मान बहादुर थापाले विभिन्न ८ प्रजातिका विरुवाहरु निःशुल्क रुपमा वितरण गरिएको बताए । उनका अनुसार अमला १३००, मसला १३०००, अम्बा ३०००, बकाईनु ६०००, शसरिस १०००, जामुन ९८०, कोईरालो १३२० र शितलचिनि १२०० विरुवा वितरण गरिएको छ ।

‘अहिले व्यक्तिगत प्रयोजनका लागि २५ वटा र संस्थागत वा वृहत वृक्षारोपनका लागि आवश्यकताअनुसार वितरण गरिएको छ’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको ६० हजार विरुवा वितरण गर्ने हो तर लक्ष्यमा पुग्न अझै आधाभन्दा बाँकी छ ।’

आकाशबाट पानी नआएपछि विरुवा लिने व्यक्ति वा संस्थाहरु कम भएको रेञ्जर थापाले बताए । सो विरुवा डिविजन वन कार्यालयको सहयोगमा उत्पादन हुने गर्दछ । अहिलेे दैनिक एक सय भन्दा बढिकाे संख्यामा विरूवाहरू लिन आउने गरेका छन् ।