विद्यालय तहको १८ वर्षको शिक्षण पछि विश्वविद्यालय तहमा उपप्राध्यापक हुंदाको अनुभव : डिल्ली डांगी




रुकुम पश्चिम निवासी डिल्ली बहादुर डांगीले तत्कालीन उच्च माध्यमिक तहको दरबन्दीमा बसि रुकुम पश्चिमको जेठो शैक्षिक हव त्रिभुवन जनता माध्यमिक विद्यालय खलंगामा १८ वर्ष शिक्षण गरे ।  उनले २ दिन अगाडी मात्र माध्यमिक तह शिक्षकबाट राजिनामा दिएर मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिममा अंग्रेजी शिक्षाको उपप्राध्यापकमा नियुक्त भएका छन ।

उनको अनुभव यस्तो छ ।

मैले माध्यमिक तह कक्षा ११/१२ अध्ययन गरेको, मैले १८ बर्ष ४ महिना ६ दिनसम्म माध्यमिक तह (कक्षा ११/१२) को शिक्षकको रुपमा कार्यरत भएर सेवा गरेको र मेरा ३ जना छोराछोरीहरुले यसै विद्यालयमा अध्ययन गरी ३ नै जना छोराछोरीहरुले SEE उतिर्ण गरेको जिल्लाकै प्रसिद्ध, जेठो, नमुना, educational hub भएको प्रख्यात सामुदायिक बिद्यालय श्री त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट -१ खलंगा रुकुम पश्चिमबाट औपचारिक रुपमा मैले जागिरबाट राजिनामा दिएर मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिममा उपप्राध्यापकको पदमा नियुक्त भएर आजबाट हाजिर भएको छु।

कुनै पनि चीज वा ठाउँबाट अलग हुँदा र छोड्दा त्यसको महत्व र सम्झना अत्याधिक हुने रहेछ। मैले यस विद्यालयमा कार्यरत रहँदा आदरणीय मेरा सम्पूर्ण सरहरु र म्याडमहरुका सहयोग, कृतजता र माया सम्झिरहेको छु। सँगै बस्दा र सुत्दा खुट्टा लाग्न सक्छ, आफ्नो परिवार भित्रका आमाबुवा छोराछोरी र श्रीमतीसंग सामान्य विवाद त कहिलेकाहीँ हुनु सामान्य मानिन्छ तर परिवार भनेको सँधै परिवार नै हुन्छ र रहन्छ। आज यस विद्यालयको हार्दिकता, म निस्कन लाग्दा सबै स्टाफहरुको सकरात्मक प्रतिकृयाले मलाई असाध्यै मन छोएको छु। सबैले मलाई कति माया गर्नुहुन्छ र संम्झना गर्नुहुन्छ भन्ने वल्ल अनुभूति गरेको छु। संभवतः यति धेरै माया गर्ने स्टाफ पाउन गाह्रो नै हुने छ जस्तो अहिले अनुभूति भइसकेको छ। यहि क्याम्पसमा २०६४ सालमा सामुदायिक क्याम्पस हुँदा यस क्याम्पसमा मेरो लागि अवसर सृजना हुन लाग्दा समेत श्री त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलंगा रुकुम लाई मन पराएर म क्याम्पस नआएको अवस्था थियो। त्यसपछि हाम्रो यस विद्यालयलाई मन पाएर विद्यालयमा नियुक्त भएको थिए। करिब २० बर्षसम्म सँगै बसेर काम गरेको स्टाफहरुको हार्दिकता र माया कस्तो हुन्छ भन्ने मलाई अहिले अनुभूति भएको छ। मलाई लाग्छ सबै स्टाफहरुको सम्मान मेरो लागि शिरोपर हुने छ। सबैको सोच हाम्रो विद्यालय नछोडे हुन्थ्यो भन्ने थियो तर मेरो पेशागत सुरक्षा र विश्वविधालयको आंगिक क्याम्पसको उपप्राध्यापक हुने मेरो सपनालाई म साकार पार्न बाध्य भएको मात्र छु। मलाई साह्रै खुसी र हर्ष त्यति छैन। म जागिर नपाएर यस क्याम्पसमा जागिरको शुरुवात गर्न गएको होइन, मैले जीवनमा गर्नुपर्ने धेरै महत्त्वपूर्ण कामहरुलाई सम्पन्न गरेर क्याम्पस गएको हुँ। मेरो सबै भन्दा पछाडिको सानी छोरीले मेरो निगरानीमा यस विद्यालयबाट SEE गराएर मात्र मैले अन्य जुनसुकै पेशा नै बदल्ने योजना थियो र घर परिवारबाट यस विषयमा दवाव पनि आइरहेको थियो। मैले यसै समयमा क्याम्पसको उपप्राध्यापक हुने अवसर मिलेपछि म क्याम्पसको जागिर खाने योजना बनाएर गएको हुँ।

यसको लागि म आँफुलाई भाग्यमानी ठान्छु किनकी मैले सम्बन्धित क्षेत्रको पेशा गर्न पाँए तर म अँझै खासै हर्षित छैन। यदि मलाई अरु कुनै राम्रो अवसर प्रदान भए पेशा परिवर्तन पनि गर्न सक्ने ल्याकत राख्ने बानी छ। म एउटै कुरालाई सर्वश्रेष्ठ मान्ने र अन्य काम गर्नु हुदैन भन्ने मान्यता राख्दैन। स्वास्थ्यले साथ दिएसम्म हेरेक गर्न सक्ने काम गर्ने नै हो। यहि चरित्र बोकेको कारण १८ बर्ष बढी सेवा गरेको विद्यालयबाट राजिनामा दिएर क्याम्पस गए।

मलाई थाह छ मैले धेरै ठूलो गर्नुपर्ने छैन तर मेरो अध्ययन अनुसन्धान र पढाइमा जोडिन मन छ यही सोचले मलाई अहिले स्कुल छोड्न बाध्य बनाएको हो। सायद मेरो सानी छोरी यहि स्कुलमा पढ्दै गरेको भए क्याम्पस नजान पनि सक्थे किनकी मेरो मुख्य प्राथमिकता छोराछोरी नै थिए। केटाकेटीहरुले मैंले पढाउने बिद्यालबाट पढाई सकेर आफ्नो काममा लागिसकेको कारण मैले मेरो जीवन बनाइदिने स्कुल छोड्नु परेको छ। यो विद्यालय मेरो foundation हो जसले मेरो जीवनमा ठुलो अन्नती प्रगति गराइदिएको छ। सबै आदरणीय व्यक्तित्वहरु: विद्यालय व्यवस्थापन समितिका आदरणीय अध्यक्ष Narendra KC Devkota र सम्पूर्ण कार्यसमितिका सदस्यहरु, अभिभावक संघका अध्यक्ष एवम् पदाधिकारीहरु, आदरणीय प्रधानाध्यापक Gopiram Kc , आदरणीय सहायक प्रधानाध्यापक एवम मेरो अग्रज अभिभावक Dambar Khadka , यस्तै निवर्तमान प्रधानाध्यापक एवम् मेरो आदरणीय गुरु Hari Prasad Khanal, मेरो गुरु Purna Bahadur KC, मेरो असाध्यै मन पर्ने सफल बौद्धिक व्यक्तित्त्वहरु: जिल्लाका नमुना र प्रख्यात गणित शिक्षक आदरणीय हजुरबुबा Sangam Kc, बौद्धिक एवम् सकरात्मक सोचका धनि प्रिय ज्वाइँ साब Sher Bahadur Khadka, एक प्रभावशाली बौद्धिक विज्ञान शिक्षक प्रिय भाई Tilak Khadka, एक सफल गणित शिक्षक मेरो सहयोगी आदरणीय भिनाजु Deepak Khadka, प्रिय ज्वाइँ साब प्रविधिको ज्ञाता मलाई कम्पूटर सिकाइमा सहयोग गर्ने बौद्धिक व्यक्तित्त्व प्रिय ज्वाइँ साब Bir Bahadur KC Gautam, मलाई माया र सहयोग गर्ने, विभिन्न विषयका अनुभवि ज्ञाता विद्वान व्यक्तित्त्व आदरणीय भिनाजु डा.चन्द्रबहादुर खड्का, लेखाको बिज्ञ एवं ज्ञाता, energetic युवा बौद्धिक व्यक्तित्त्व प्रिय सारु भाई Roshan Khadka, आदरणीय भिनाजु Dev Bahadur Khadka दाजु Dipendra Kumar Rokaya प्रिय मित्र Shrestha Ram Nanda , प्रिय साला ज्यू Yagya Oli , बहिनी Rima Khadka यस्तै आ आफ्नो आदरणीय भाउजु Sharada Acharya, मेरो लागि ठुलो संघर्ष गर्ने, नेपाल शिक्षक संघको जिल्ला कार्यसमितिको पदाधिकारी सचिव अर्थ बनाउन ठुलो योगदान पुर्याउनु भएका र हरेक पटक सहयोग गर्नुभएको आदरणीय दाजु Sunil Shah दिदी-बहिनीहरु Deependra Malla , Srijana Sharma Uma Bista , आदरणीय दाजुहरू Jay Ram Thapa आदरणीय दाजु Thakbahadur Budhathoki, आदरणीय मेरो गुरु रामचन्द्र शाहको धर्मपत्नी आदरणीय गुरुआमा Rama Shah, बहिनी जयकुमारी खड्का म्याडम, कर्मचारीहरु डम्बर बहादुर खड्का, दुर्ग बहादुर खड्का र नरेश केसी प्रति उच्च सम्मान र माया छ। यस्तै पूर्व प्रधानाध्यापक रुकुम पश्चिम जिल्लाकै बौद्धिक व्यक्तित्त्व आदरणिय फ्वाजु मिन बहादुर पुन, आदरणीय गुरु शिवसंकर सिङ र मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांकेका उपप्राध्यापक, कोहलपुर टुडेका सम्पादक लेखक जसले समय समयमा विश्वविद्यालय प्रतिको सकारात्मक सोछ चिन्तन, आध्यात्मिकताको बारेमा जहिलेपनी सिकाउने गर्नुहुन्थ्यो  उहाँ लगायत  सम्पूर्ण अन्य नाम छुटनु भएका आदरणिय व्यक्तिहरूप्रति उच्च सम्मान र कृतजता ब्यक्त गर्दछु ।


यो विद्यालयमा सबै बिज्ञ सरहरु र म्याडमहरु‌ हुनुहुन्छ। जिल्लाको प्रख्यात बिषय बिज्ञहरुको खानी भएको विद्यालय त्रिभुवन जनता मावि हो। यस विद्यालयमा मावि तहमा १० मावि, २ मावि कक्षा ११/१२, निमावि ५ र प्राविमा ५, वालविकास तहमा कार्यरत शिक्षक १ गरी जम्मा २३ वटा सरकारी दरबन्दीमा रहेका शिक्षकहरु हुनुहुन्छ। यस विद्यालयबाट पढेका विद्यार्थीहरु अनुशासित नै हुन्छन। देशका उच्च तहमा यस विद्यालयमा पढेका धेरै हुनुहुन्छ।
मैले स्कुल छोड्दै गर्दा आँफुले सेवा गरेको, माया गरेकोमा भावना बढी हुने रहेछ।
यस जिल्लाकै प्रख्यात जेठो विद्यालयमा अध्ययन गरी मौकाको फाइदा लिनुहुन अनुरोध छ। कुरा प्रष्ट बुझ्नुपर्छ जान्नेले भनेको १ शब्द नजानेकोले भनेको १०० शब्द भन्दा बढी हुन्छ। विद्यार्थीहरु ठुलो संख्यामा एकैपटक सफल भइरहेका छन्। नतिजा पनि एकदमै राम्रो छ। मुसिकोट नगरपालिका स्तरीय शिल्ड ३ पटक लगातार जितेको छ। हरेक क्षेत्रमा अब्बल र विद्वान ज्ञाताहरु भएको यस्तो राम्रो विद्यालयमा पठनपाठन गरेर गुणस्तरीय शिक्षा लिन पाउनु गर्व र मौकाको कुरा हो।
विषयगत रुपमा शेर बहादुर खडका ज्वाइँ साब र चन्द्र बहादुर खड्का भिनाजु एक प्रख्याती बनाएको मान्छेहरु हुनुहुन्छ। वहाँसँग मेरो विषयगत टकराव कहिल्यै भएन। मलाई सरहयोग गर्नुभयो। म हरेक मान्छेको प्रगति र उन्नति चहाने मान्छे हो। समाजिक सेवामा पनि एकदमै संलग्न मन लाग्छ। मेरो विद्यालयका सबै साथीहरूलाई माया र संझना छ। तपाइहरुले योगदान माया र संझना मेरो लागि प्रेरणाको स्रोत हुने छ।
अन्तमा मबाट भएका कुनै सानातिना गल्ति कमजोरीहरुलाई बिर्सिएर माया गरिदिनु हुन अनुरोध गर्दछु। हजुरहरुसँग विद्यालयमा माया र संम्झनाका पोकाहरु ल्याएर पटकपटक म आइरहने छु।

मेरा प्यारा बिद्यार्थी भाइबहिनीहरुलाई संधै छोराछोरीको रुपमा संधै लिने छु। वहाँहरु सबैको उन्नति प्रगति चहान्छु।
विद्यालयको सर्वाङ्गीण विकासको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु।
डिल्ली बहादुर डाँगी
शिक्षक मावि (कक्षा ११/१२)

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार