Kohalpur Today Header Ads

कोहलपुर-पिप्रहवासम्मको ३३ केभि प्रसारण लाइन विस्तारमा स्थानियहरूकाे विरोध




कोहलपुर । कोहलपुर-पिप्रहवा चोकसम्म ३३ केभि प्रसारण लाइन विस्तारमा विरोध जनाउन थालेको छ ।

३३ केभि लाइन कोहलपुर १० को गोल्छा हुँदै पिपरी, हवल्दारपुर, शिवमन्दिर, पिप्रहवासम्म नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिविजन कार्यालय नेपालगञ्जले लाइन विस्तार गर्न लागेको हो ।

LIfe Ok

डिविजन विद्युत कार्यालय नेपालगञ्जले कोहलपुर—पिप्रहवा चोकसम्मको ३३ केभि प्रसारण लाइन विस्तार गर्न खोज्दा कोहलपुर नगरपालिका ८, ९ र १४ का स्थानियहरुले विरोध जनाएका हुन् ।

कोहलपुर ८ का स्थानिय इन्द्र गौतमले भने, ‘स्थानियहरुसंग कुनै समन्वय छैन, कसरी ? किन ? कसको समन्वयमा ? काम भइरहेको छ त्यसको जानकारी स्थानियहरुलाई हुनुपर्छ ।’

बैंकका कर्मचारीले ३३ केभि प्रसारण लाइन विस्तारपछि धितो कर्जा प्राप्त गर्दा ७.५ मिटर मुल्याकंनमा नपर्ने समस्या हुने, घरहरु धेरै पर्ने भएकोले बैंकल्पिक मार्ग तय गर्नुपर्ने गौतमले बताए ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले स्थानियहरुको समस्या समाधान गरेपछि मात्र अब काम अगाडी बढाउनुपर्ने सुझाए ।

स्थानियहरुले राखेका मागहरु जायज भएकोले त्यसको समाधान तत्काल खोज्नुपर्ने भन्दै विद्युत कार्यालयलाई ध्यानाकर्षण समेत गराएका थिए ।

यस्तै कोहलपुर टुडेसंग कुराकानीमा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिविजन कार्यालय नेपालगञ्जका प्रमुख दिपक गौतमले विवाद कसरी उत्पन्न भयो ? भन्ने विषयमा आफू अनविज्ञ भएको बताए ।

‘बैंकको कर्मचारीले कसरी भन्नुभयो त्यो हामीलाई थाहा छैन तर विद्युत ऐन अनुसार ३३ केभि लाइन विस्तार गर्दा २ मिटर दायावायाँ छोड्ने भन्ने छ’, गौतमले भने ‘हामीले हरेक क्षेत्रमा २ भन्दा बढि नै दायाँबाँया छोडेर पोलहरु विस्तार गर्न थालेका छौं ।

कोहलपुर नगरपालिका, वडाका जनप्रतिनिधि र स्थानियहरुसंग समन्वय गरी विवाद समाधान गर्न उनले प्रतिबद्धता व्यक्त गरे ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार