Kohalpur Today Header Ads

लुम्बिनी प्रदेशमै जिल्ला स्तरीय बाँके र पालिका स्तरीय कोहलपुर उत्कृष्ट




कृष्ण कुमार शाही, कोहलपुर ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको लुम्बिनी प्रदेश स्तरीय दोस्रो महाधिवेशनमा जिल्ला स्तरीय बाँके र पालिका स्तरीय कोहलपुर उत्कृष्ट भएको छ । लुम्बिनी प्रदेशमा रहेका १ सय ९ वटा घरेलु महासंघमध्ये कोहलपुरमा रहेको घरेलु महासंघलाई कुशल कार्यसम्पादनमा उत्कृष्ट भएको भन्दै सम्मान गरेको हो ।सम्मान प्रदान गर्दै घरेलु महासंघ बाँकेका अध्यक्ष मधु खड्काले बाँकेमा रहेका व्यवसायीहरुको संरक्षण र सम्बर्धन तथा कार्यसम्पादनमा उत्कृष्ट भएको प्रशंसा गरेकी थिइन् ।

यस्तै कोहलपुर घरेलु महासंघ नगर समितिका अध्यक्ष हेम विक्रिम जिसीले व्यवसायीहरुको संरक्षण र हक हितमा काम गरिरहेको बताए । नजिकबाट व्यवसायहीहरुका समस्याहरुलाई समाधान गर्नका लागि धेरै प्रयासहरु समेत गरेको जीले बताए ।

LIfe Ok

यस्तै महाधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसमा बाँके जिल्लाबाट महासचिवमा जयश्वर पौडेल र महिला उद्यमी समितिमा बरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा सतिस अधिकारी र धनसिंह वली रहेका छन् ।

यस्तै  लुम्विनी प्रदेशका  मुख्यमन्त्री कुल बहादुर के.सि., प्रदेश उध्योग बाणिज्य तथा आपूर्तिमन्त्री अजय शाही, महासंघ केन्द्रीय अध्यक्ष श्याम गिरि, बरिष्ट उपाध्यक्ष उमेश प्रशाद सिंह, सगठन बिभाग प्रमुख सुर्य कडेल, महासचिब डम्मर प्रसाद रेग्मी, कोषाध्क्षय  सत्यनारायण प्रजापति लगायतकाे उपस्थित रहेकाे थियाे ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २ गते बिहीबार