
कोहलपुर । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख (प्रहरी निरिक्षक) कनक बहादुर शाहीले ट्राफिक व्यवस्थापनमा कसैको दबावसामू कुनै सम्झौता नहुने बताएका छन् ।
बुधबार पत्रकार परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै यातायात व्यवसायी, अटो चालक, ट्रिप्पर, कृषि सम्बन्धी ल्याइएका ट्याक्टर, विद्यालयका बस लगायत अन्य सवारी साधानहरुले ट्राफिक नियम भन्दा बाहिर गएको खण्डमा कारवाही गर्ने बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रक्रषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण वली लगायत दुई दर्जन भन्दा बढि पत्रकारहरुको उपस्थितिमा परिचयात्मक कार्यक्रममा गरिएको थियो ।
परिचयात्मक कार्यक्रममा बोल्दै ट्राफिक कार्यालय बाँकेका प्रमुख (प्रहरी निरिक्षक) कनक बहादुर शाहीले कोहलपुर—नेपालगञ्जमा पार्किङ्गको समस्या समाधान गर्ने, अटोहरुलाई अल्टनेटिभ दिने बताएका छन् ।
कोहलपुरका धेरै स्थानहरुमा पाकिङ्गको व्यवस्थापन नभएको र नेपालगञ्ज क्षमता भन्दा बढि अटो छन् उनले भने सो अटोहरुलाई न्यूनिकरण गर्नका लागि अल्टरनेटिभ बाटोको तय गरी सञ्चालन गर्नेछु । बाँकेमा सबैभन्दा बढि सवारी पार्किङ्ग, तिव्र गति, जेब्रा क्रसिङ्ग लगायतका बिषयमा बढि केन्द्रित भएका काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

यस्तै शाहीका अनुसार कानून विपरीत चलेका अटो, आफूखुसी नम्बर प्लेट परिवर्तन गर्ने, मोटरसाइकल मोडिझाई गरेर चलाउने, पानी चुहाउँदै गुड्ने ट्रिप्परलाई ट्राफिक नियम कानून अनुसार कारवाही गर्ने बताए ।
आफूखुसी नम्बर प्लेट परिवर्तन गर्ने र मोटरसाइकल मोडिफाई गरेर चलाउने साधानहरुलाई नियन्त्रणमा लिई कारवाही सुरु गरिसकेको र ट्राफिक कार्यालयमा जनशक्ति कमी भएपनि कार्यालयबाट उपलब्ध गराउने सेवा सुविधामा कमि हुन नदिने प्रतिबद्धता समेत गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्