कोहलपुर /
नेशनल प्याब्सन राप्ती सोनारी गाउँपालिकाको आयोजनामा बिहीबार विविध अतिरिक्त क्रियाकलाप कार्यक्रममा सम्पन्न गरिएको छ । बागेश्वरी वेष्टर्न इ . मी स्कुल राप्तीसोनारी २ मदुइमा भएको कार्यक्रमको राप्तीसोनारी गाउँपालिका वडा न २ का कार्यबाहक वडाध्यक्ष दिर्घ बहादुर बुढाथोकीले उदघाटन गरेका थिए ।
उद्घाटन सत्रमा बोल्दै बुढाथोकीले संस्थागत विद्यालयहरुले साना विद्यार्थीहरुका लागि पनि प्रतियोगिता संचालन गरि उनीहरूको शैक्षिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने काम गरेकोमा प्रशंसा गरेका थिए । साथै उनले आगामी दिनमा यस्तै अन्य क्रियाकलापहरु निरन्तर संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतियोगितामा राइम्स (नर्सरी – युकेजी) तर्फ
नवज्योति इ.मि. स्कुल प्रथम महादेवपुरी सनराईज इ.मि. स्कुल द्वितीय , गौतम इ.मि. स्कुल तृतीय र दिपशिखा इ.मि. स्कुल सान्त्वना भएका छ्न । त्यस्तै हस्तलेखन (कक्षा एक- तीन) तर्फ बागेश्वरी वोष्टर्न इ.मि. स्कुल प्रथम ,गौतम इ.मि. स्कुल द्वितीय,भुवर भवानी इ.मि. स्कुल तृतीय भएका छ्न ।
चित्रकला प्रतियोगिता ( कक्षा चार – पाँच ) तर्फ महादेवपुरी सनराईज इ.मि. स्कुल प्रथम, सेन्चुरी इ.मि. स्कुल द्वितीय र ब्राइट ल्यान्ड एकेडेमी तृतीय भएका छ्न । प्रतियोगिताको निर्णायक द्व्य सीता पौडेल र बिक्रम शिशिरले निर्णायकको भुमिका निर्वाह गरेका थिए । प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यालयका सहभागी विद्यार्थीहरुलाइ मेडल,ट्रफी तथा स्टेसनरी प्रदान गरिएको थियोे ।
नेशनल प्याब्सन राप्तीसोनारीका अध्यक्ष सागरदत्त गौतमको सभापतित्वमा भएको कार्यक्रममा नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्ल ,सल्लाहकार झलक वली , विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन नेशनल प्याब्सन राप्तीसोनारीका सचीव कुल बहादुर केसीले गरेका थिए । प्रतियोगितामा राप्तीसोनारीका १० वटा संस्थागत विद्यालयहरुले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्