कोहलपुर नगरपालिका वडा नं -१२ मसुरी खेत ॐ कारेश्वर मन्दिरमा लघुरिद्री हुने

भगवती पोख्रेल, कोहलपुर । 
कोहलपुर नगरपालिका वडा नं -१२ मसुरी खेतमा रहेको ॐ कारेश्वर मन्दिरमा लघुरुद्री लाग्ने भएको छ । आगामी माघ -८ गते विशेष दिन, विशेष पर्व पारेर लघुरुद्री गर्न लागिएको हो । उक्त दिन निकै राम्रो दिन भएको यो दिन आजभन्दा ५०० वर्ष पहिले परेको थियो । ५०० वर्ष पछि आएको शुभ मुहुर्त, शुभ दिन, शुभ साइतमा शिवजी आराधना, जलधारा लघुरिद्री गर्न पाउनु आम भक्तजनको लागि मौका रहेको पंन्डित हरिहर अर्यालले जानकारी दिए ।


माघ ८ गतेका दिन घर घरमा दिपावली र जलधारा गर्नु भन्दा सामुहिक रूपमा लघुरुद्री गर्न पाउनु नै मुख्य भक्तजनको धर्म भएको पन्डित दयानिधी उपाध्यायले व्यक्त गरे । लघुरुद्री सामान्य व्यक्ती वा परिवारले गर्न नसक्ने, मन, वचन कर्मबाट भगवानको आराधना गर्न पाउनु सौभाग्य भएको वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक एवम् मन्दिर व्यवस्थापन समितिका सल्लाहकार एकराज शमाले वताए ।
उक्त दिन पुजा अर्चन गर्न सबै भक्तजनहरुमा आग्रह गर्न धेरै पैसा खर्च गर्न नपर्ने र यसका लागि तयारी गरिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिम खरेलले जानकारी दिए । मन्दिरमा गत २०७९ सालमा महायज्ञ गरेदेखि शक्तिपिठ उत्पन्न भएकोले आम भक्तजनको ध्यान जानुपर्ने मन्दिरका पुजारी लेखनाथ भट्टराईले वताए । उक्त लघुरुद्रीको लागि यसरी अपिल गरिए कोषाध्यक्ष सुरेन्द्र सापकोटाले वताएका छन ।


आदरणीय भक्त-सज्जन महानुभाव! जय शम्भो ! जय शम्भो !! अक्षय पुष्प प्राप्त हुने माघ महिनाको परम पवित्र वेलामा सर्वजन हिताय, सर्वजन-सुखायको अर्थात सबैको घरमा सुख-शान्ती एवं समृद्धिको भोलेबाबाका कृपाले वृद्धिहोस् भन्ने शुभ संकल्पले हामी सबैको साझा मन्दिर कोहलपुर १२ चपरगौडी मसुरिखेतको ॐकारेश्वर शिव मन्दिरको पावन प्रांगणमा एउटा लघुरुद्रीको सामुहिक आयोजना हामीले गरेका छौं। श्री रामजानकी मन्दिर राधाकृष्ण भागवत आश्रमका ब्रह्वारी वटुक (विद्यार्थी) हरुद्वारा सस्वर समवेत रुपमा रुद्राभिषेकको पाठ हुनेछ र हामीहरु धेरै भन्दा धेरै संख्यामा उपस्थित भएर सामुहिक रुपमा जलधारा गर्नेछौं। नर्मदेश्वर भगवान, जलधारी त्रिखुटी सबैलाई अलग-अलग जलधारा गर्न मन्दिरबाटै प्रप्त हुनेछ। कर्ताले घरबाट ल्याउने सामान, बाल्टी, बाटा, कलश, लोटा, पाँच कटौरी, शंख-घण्टी, २ थाली, दुना टपरी, चन्दन, अक्षता-कुश, तिल-जौ, सरस्यूँ, पंचामृत, धूप-दीप, नैवेद्य, भस्म-फल-फूल-दूवो, वेलपत्र (१२५) जति, तुलसी, ल्वाङ्ग, इलायची, सुपारी भए श्रीफल पञ्चपल्लव धान चामल जनै रक्षासूत्र, यो सामान कर्ताले छुट्टै पूजा गर्न चाहेमा मात्र हो अन्यथा सबैको साझा पूजा मूल मन्दिरमा हुन्छ। अभिषेक मात्र गर्न बाल्टी-बाटा-लोटा र आफ्नो आसन मात्र ल्याए पुग्छ ।
कर्ता बन्न इच्छुक सज्जनहरुले शीघ्र सम्पर्क गर्नु हुनेछ। कर्ताको शुल्क मात्र रु. ११००।- हो। यसको अतिरिक्त प्रायश्चित्त- वरणी-भूयसी-भेटी-घाटीमा कमसेकम ३ या ४ सय लाग्नेछ। यो भन्दा ज्यादा आफ्नो श्रद्धा-शक्ति या इच्छाअनुसार हो। शुल्क दिएर पनि बसेर जलधारा गर्न नसक्ने या फुर्सद नहुने या कुनै कारणले उपस्थित हुनै नसके पनि सहयोगात्मक कर्ता मानिनेछ र गोत्र-नामको संकल्पमा उच्चारण गरिनेछ । रुद्राभिषेक गर्नाले धार्मिक चेतनाका साथमा ग्रहशान्ती, विघ्नबाधा निवारण, भगवत् कृपा-भक्ति, जो मनमा संकल्प छ, इच्छा छ त्यसको प्राप्ति सहज रुपमा हुनेछ। यसमा न ठूलो खर्च न ठुलो योगदान फेरि पनि कार्य भव्य र सभ्य एवं महान् हुनेछ।
यज्ञशेष बच्यो भने, जे जति बचे पनि धर्म-संस्कार-संस्कृतिको संरक्षणार्थ संचालन गरिएको हामी सबैको साझा गुरुकुलको सेवामा र शिवालयको सेवामा सदुपयोग हुनेछ। क्रमशः यसै गरि १२१ लघुरुद्री पूर्ण गर्ने शुभ संकल्प आचार्य गुरुवर श्रीहरि प्रसाद अर्यालल ज्यूको छ, अर्थात् एउटा अतिरुद्र को हामी पनि आंशिक पुण्यका भागी हुनेछौं । १०८ वौ ल. रु. पशुपतिनाथ मन्दिर काठमाण्डौमा गरेर १०९ वाँ मालात्मक ल. रु. सुमेरुको प्रतिक रुद्री कैलाश मान सरोवरमा हुनेछ। यदि इच्छा भएमा त्यहाँ पनि जान सक्नु हुनेछ। यो ल.रु. को दिव्य कार्यक्रम गुरुवर पं. श्री दयानिधि गुरुको निर्देशन एवं आचार्यत्वमा हुनेछ ।
रुद्री गर्ने दिन २०८० माघ ८ गते प्रातः ८ बजे देखि प्रारम्भ हुने छ । यसका लागि सम्पर्कको लागि यस कार्यक्रम का संयोजक एवं सहयोगी महानुभाव ज्यूहरु गुरुवर पं. श्री दयानिधि उपाध्याय ९८४८०९०९७२, आचार्य श्री हरि प्रसाद अर्याल ९८४५५९४३२९, श्री भिम खरेल – ९८५८०२७००९ श्री लिलाराम भट्टराई – ९८४८०८४१९० श्री तेज ब. खड्का – ९८४८३५४०५९ श्री सुरेन्द्र सापकोटा – ९८५८०२५३६३ श्री दुर्गालाल बि.क. – ९८६२९३५७४७ श्री गोपाल नेपाली – ९८६८०५०८७२ श्री छविलाल भट्टराई – ९८५८०२३३४१ श्री विन्दु खड्का – ९८६४७८२६३७ श्री एकराज शर्मा – ९८५८०३११६७ श्री सुमन घिमिरे – ९८५१२४४२२० श्री राम ब. शाही – ९८६५५८४३०७ श्री लोक ब. चन्द – ९८६४१४९२०७ श्री कुसल भूसाल – ९८६४९५८९३५ श्री टिका गौतम – ९८४४८५१७८८ श्री सिमा भूसाल – ९८६८०१५७०१ श्री केशव लम्साल – ९८४८०५८६९९ श्री सुर्य गौतम – ९८६६३०५८७३ श्री तेजराज शर्मा आचार्य – ९८४८०९६०२३ लाई सम्पर्क गर्न सकिने छ । यसका लागि पर्चा सौजन्य : शान्ती थापा ९८६७३६७३७९ ले गरेकि छ्न । उक्त कार्यका लागि वैठक बसि विभिन्न निर्णय गरिएको हो ।

यसरी गरिएको छ  निमन्त्रणा !