Kohalpur Today Header Ads

कोरोनाले लगाएको बार : ओपेन्द्र नाथ योगी




ठुलो परिवार भएको ले दिदीबहिनी हरु इस्टमित्र हरुको कमि थिएन । मर्दा पर्दा सुने सम्मको र भ्याए सम्म को ठाउँमा हाम्रो परिवारको उपस्थित हुने गर्थ्यो। छरछिमेकमा पनि राम्रो सम्बन्ध थियो ।

सुख दुख पर्दा सयोग गर्ने देखि लिएर तिउन तरकारी बाँडेर खाने छिमेकीको पनि कमि थिएन ।बजार र अस्पताल को नजिकै राजमार्गमा घर पर्ने भएको हुँदा र इस्ट मित्र प्रसस्तै भएको कारण ले पनि होला बेलुका को छाक पाहुना बिन खाएको कुनै दिन हुन्नथ्यो ।परिवारको सदस्य सानो तिनो बिरा परेर अस्पताल बस्दा भेट्ने आफन्त को भिड लाग्ने गर्थ्यो।हामी बुबा आमा संगै बस्ने र बुवा आमा बेला बेलामा बिरामी भैरहने भएको ले भेट्न आउने जाने गरि रहनु हुन्थ्यो आफन्त हरु।

२०७८असार को अन्तिम तिर आमा बिरामी हुनुभयो ।पि सि आर जाँच गराउदा रिपोर्ट नेगेटिभ आयो केहिदिनको अस्पताल को बसाइ पछी आमा घरमा आउनु भयो । आमा बिस्तारै निको भइरहनु भएको थियोे । त्यो दिन आमा लाई भेट्न आउने मान्छेको भिड लागेको थियो ।सबै संग आफुलाइ आराम हुँदै गयको कुरा गरि रहनु भएको थियो आमाले ।

LIfe Ok

बेलुका को खान खाएर हामी सुत्ने तयारीमा थियौं ।आमा को स्वास्थ्य मा फेरि असहज भएको जस्तो लाग्यो र मैले अक्सिजन लगाईदिए।एकै छिनमा आमा सौचालय जान्छु भन्नुभयो । भाउजुले सौचालय लिएर जानू भएको थियोे । आमा तेहि लड्नुभयो । हतार हतार आमालाई अस्पताल लिएर गयौं । चेक जाँच गर्दा आमालाई मस्तिष्क घात ९हट अट्याग० भएको र अप्रेसन गर्न असम्भव भएकोले अवस्था गम्भीर र चिन्ताजनक छ भन्ने उपचारमा खटिएका डाक्टर हरुले भन्नू भयो र आइ ।सि।यु मा राखेर उपचार गर्न सल्लाह दिनुभयो ।

तीन दिनसम्म भेरी हस्पिटल को सघन उपचार कक्षमा राखेर उपचार गराउदा आमाको स्वास्थ्यमा केहि सुधार नाआए पछि डाक्टरको सल्लाह अनुसार P.C.R. चेक गराउदा रिपोर्ट पोजेटिभ आयो । बिरामी भेट्ने को भिड थियो । रिपोर्ट पोजेटिभ आयो भनेर भेटघाट हामीले बन्द गरिदियौं । टाढा बाट भेट्न आउने आफन्त हरुलाई कोरोना पोजेटिभ देखिएकोले भेट्न नाआउना पनि जानकारी गरायौं।

केहिदिनमा आमा को दुखद निधन भयो।संसार देखाउने मेरी आमा, आफू भोको बसेर छाती चुसाउने मेरीआमा, आफ्नो हजार गल्ती भए पनि मेरो पछेमा बोल्ने मेरी आमा, कहिले नबिउझिने गरि निदाउदा। ८० बर्ष को मेरो बुवा ले पत्नी बियोगमा बिलाप गरि रहेको बेला मेरो सानो भाइ र दुईवटा दिदि मातृ बियोगमा रोइरहेको बेला मैले पिडा लुकाएर बुवा अनि दिदि हरु र भाइलाई सम्झाउनु पर्ने बाध्यता थियो।मलाई पनि आमा को मुख हेरेर धित मर्ने गरि रुन मन थियो।जिम्मेवार मानै भएको ले मेरो त्यो चहाना पूरा भएन ।

हाम्रो यो दुख मा सहानुभूति दिने आफन्त छर छिमेकी साथिभाईको कमित थिएन तर मैले जस्को मुख हेरेर आमाको माया मेटाउन चहान्थे उहाँ हरुलाई मेरो नयनले नियालन पायनान।पीडा निकै लाग्यो दुख पनि नलागेको हैन तर पनि समय त्यस्तै भएको ले गुनासो केही छैन ।कोरोना महामारी को प्रभा नगरी हाम्रो दुखमा सहभागी हुने आफन्त हरु प्रति आभार व्यक्त गर्ना चहान्छु। दुख मा सहभागी हुना नस्क्नु हुने आफन्त संग पनि हाम्रो कुनै गुनासो छैना।भेट हुदा फोनमा कुरा गर्दा दुखमा सहभागी हुना नपाउनुहुने आफन्त हरुले अफठेरो महसुस गरेको जस्तो लग्ने र घरमा आवतजावत पनि कम भएको र पाहुना हरुसंग खान खाने अबसर पनि आमाको देहान्त पछि कम हुदै गरेको हुदा हामी त्यो समय परिस्थिति लाई राम्रोसंग बुझछौ र बुझेका छौ ।

# Opendra Nath Yogi

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार