
डिल्ली शाही, कोहलपुर । ‘गुरुको नाम, लोभको काम; भविष्य बेचेर कमाउने धाम’ भन्ने उखान जस्तै अवस्था अहिले कोहलपुरमा देखिएको छ । कोहलपुर नगरपालिका–०९ मा रहेको कोहलपुर मोडल ईमि स्कुल । स्कुलका सञ्चालक सुरज कुमार यादव ।
उनले न स्थानीय सरकारको नियमन मान्ने, न संघीय कानुन मान्छन्, । विद्यालय प्रशासनको व्यवहार कुनै लोकतान्त्रिक व्यवस्थाभन्दा पनि पुरानो पञ्चायती शासनको शैली झल्काउने खालको छ, जहाँ प्रश्न गर्ने अधिकार कमजोर र आदेश मान्नुपर्ने बाध्यता छ ।
विद्यालयमा पारदर्शिता, उत्तरदायित्व र कानुनी वैधताबारे पटक-पटक प्रश्न उठे पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन तथा कारबाही भने गरेको देखिदैन ।
पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा विद्यालय सञ्चालन गरेका हुन सक्ने आशंका रहेको छ । होइन भने लामोसमयदेखि हालसम्म किन विद्यालय अनुगमन गरेनन् भन्ने ठुलो प्रश्न सिर्जना भएको छ ।
कोहलपुर टुडे डटकमको टिमको विशेष अप्रेशनमा कोहलपुर नगरपालिका ०९ मा रहेको कोहलपुर मोडल ईमि स्कुलमा बिहान करिब ११ बजे पुगेको थियो । सो समयमा तीन जना मेडमहरु र करिब ३० भन्दा बढि विद्यार्थीहरुले अध्यापन गराउँदै आएको देखियो ।
एक जना मेडमले भन्नुभयो, ‘कक्षा १ सम्म सञ्चालनमा छौं पहिले अर्कोको घर र अहिले यो विद्यालयको भवनमा अध्यापन गराउँदै आएका छौं ।
विद्यालयको कुनै पनि कागजात छैन । प्रिन्सिपल सुरज कुमार यादव हुन् भने सिता पौडेल सञ्चालक रहेको खुलेको छ । सम्बन्धी व्यक्तिहरु नै विद्यालय नआएको र विद्यालय दर्ताको लागि नगरपालिका गएको भन्दै झुट माथि झुट बोल्दै टारे ।
यति मात्र होइन, कक्षा नर्सरीमा १६ सय भन्दा बढि शुल्क लिएको र सोही माथिका कक्षाहरुमा १ सयदेखि २ सय सम्म रकम लिने गरेको पाइएको छ । यो शैक्षिक सत्रदेखि अझै थप २ कक्षा समेत सञ्चालन गर्ने तयारी छ ।
यस्तै कोहलपुर नगरपालिका ११ मा रहेको स्माल हेवन मन्टेश्वरीले समेत अवैधानिक रुपमा सञ्चालन गरेको पाइएको छ । कोहलपुर टुडेको टिम कोहलपुर नगरपालिका ११ मा रहेको स्माल हेवन मन्टेश्वरीमा करिब १२ : ३० बजे पुगेको थियो ।

सो समयमा सकुन्तला मल्लको नाममा २०८० पुष ९ महिना ०३ गते आन्तिरिक राजस्व कार्यालयमा दर्ता गरिएको प्रमाण पत्र र तर कोहलपुर नगरपालिकाबाट २०७५ साल मंसिर २६ गते दर्ता गरेको प्रमाण पत्र देखाउँदै मन्टेश्वरीका प्रिन्सिपल तथा सञ्चालक सन्धा मल्ले भनिन्, ‘कर निरन्तर तिरी रहेका छौं ।’
त्यसपछि नविकरण गरेको कुनै प्रमाण पत्र भने छैनन । सो मन्टेश्वरीले पिजी ग्रुपमा समेत ट्यूसन फि मात्र ४ हजार लिने गरेको तथ्य कोहलपुर टुडेले फेला पारेको छ ।
उता, सोही विषयमा शिक्षा शाखाका प्रमुख रवि मिजारले दुबै विद्यालय अवैधानिक रहेकाे पुष्ठी गरे । स्माल हेवन मन्टेश्वरीको पुरानो दर्ता भएता पनि पछिल्ला बर्षहरुमा नविकरण नगरेको हुनाले अवैधानि नै मानिन्छ ।
कोहलपुर मोडल ईमि स्कुललाई विद्यालय सञ्चालन गर्नका लागि पालिकाले अुनुमति नदिएको बताए । विगतदेखि नै पालिकाको आखाँ छलेर विद्यालय सञ्चालन गरेको होलान अब एक्सनमा गएर कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्