भूकम्पले टर्की र सिरियामा धेरै क्षति किन भयो ?




काठमाडौं ।

सोमबार बिहान सिरिया र टर्कीको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट करिब चार हजार जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरेका छन् ।

सोमबार टर्कीको गाजियानटेप भन्ने स्थानमा ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसपछि पनि साना–ठूला परकम्प जारी छन् । भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भएका समाचारहरु आइरहेका छन् । ती समाचारसँगै प्रश्न पनि उब्जिएको छ, यति धेरै क्षति किन भयो ?

बीबीसीका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १८ किलोमिटर तल थियो । त्यसैले ठूला–ठूला भौतिक संरचनाहरु भत्किएका छन् । युनिभर्सिटी कलेज लण्डनमा रिस्क एण्ड डिजास्टर रिडक्सन इन्सटिच्युटका हेड प्रोफेसर जोआना फाउरे वाकरका अनुसार पछिल्लो रेकर्ड हेर्दा यति शक्तिशाली भूकम्प १० वर्षको अवधिमा दुईपटक र त्यसभन्दा अघिको दशकमा चार पटक आएको छ । तर यसपटक बढी क्षति पुगेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार