काेहलपुरमा नगर प्रमुख आचार्यले गरे रोपाइँ (फोटो फिचर)

बुधबार राष्ट्रिय धान दिवसको अवसरमा काेहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य काेहलपुर २ मा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएका थिए । त्यस क्रममा उनले धान पनि रोपेका थिए । रोपाइँ महोत्सवमा आचार्यले छोटो सम्बोधन पनि गरेका थिए ।

महोत्सवमा काेहलपुर नगरपालिका उपप्रमुख  संगिता सुवेदी, वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायत, कृषि  शाखाका प्रमुख चन्द्र  बुढा, पशु  शाखा प्रमुख गाेविन्द्र राेकाय,  प्रमुख प्रशासकिय  अधिकृत टिकाराम ढकाल लगायत वडा सदस्यहरूकाे समते उपस्थित भएकाे थियाे ।