सल्यानी समाज बाँकेका अध्यक्ष चन्दद्वारा खेलकुद पोशाक सहयोग




सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दले खेलकुद पोशाक सहयोग गरेका छन् ।

राप्ती सोनारी ४ बैजापुरको गौतम बुद्ध युवा स्पोर्टस क्लवलाई पोशाक सहयोग गरेका हुन् । पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय सल्यानी समाज बाँके र बर्तमान अध्यक्ष चन्दलाई क्लवको अध्यक्ष इश्वरी के.सी ले धन्यवाद ज्ञापन गरेका छन् ।

नेपालगन्ज न्युरोड स्थित कुमाख रेष्टुरेन्टका संचालक समेत रहेका अध्यक्ष चन्दले बाँकेको विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।

शनिबारबाट राप्ती सोनारी गाउँपालिकाले आयोजना गर्ने खेलकुद प्रतियोगितामा सहभागीता जनाउने बैजापुरको खेलाडीलाई पोशाक दिएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २९ गते आइतबार