बिहान उठ्ने बित्तिकै के गर्ने?




हामीलाई थाहा छ, बिहान निन्द्राबाट ब्यूझिनसाथ हामी जुरुक्क उठ्न अल्छी गछौँ। ओछ्यानमै पल्टिरहँदा हामी सोच्ने गछौँ, उठेर के गर्नु? त्यसैले आज हामी चर्चा गर्नेछौँ बिहान उठेर गर्नुपर्ने कामबारे। जसलाई तल दिइएको छ।

बिहान उठेर सबैभन्दा पहिले आफ्नो ईष्ट देवताको ध्यान गर्नुपर्दछ। बिहान उठ्नसाथ शरीर कसरत गरेर तन्काउनुपर्छ।

बिहान उठ्ने बित्तिकै बादविवाद गर्ने काम नगर्नुस्। मोबाइलबाट कुरा नगर्नुस्। बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको प्राय यही बानी छ। यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्‍न गराउँछ। बरु अफिस जाने समयमा वा फ्रेस भएर ऐना हेर्दा उपर्युक्त हुन्छ।

बिहान उठेर दैनिक रूपमा हिँड्ने बानी बसाल्नाले तनावलाई मुक्त गर्ने काम गर्छ। नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ। दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमबार