कोहलपुर ।
नेशनल प्याब्सन कोहलपुर नगर समितिद्धारा विपन्न बालबालिकाहरुलाई कपडा तथा स्टेशनरीका सामग्रीहरु वितरण गरेको छ । नेशनल प्याब्सनकाे २५औं स्थापना दिवसको अवसरमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई कपडा तथा स्टेशनरीका सामग्री वितरण गरेको हो ।

कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह र विद्यालयका प्रअ पृथ्वी धितालले संयूक्त रुपमा कपडा तथा स्टेशनरीका सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमको सभापति तथा नेशनल प्याब्सन कोहलपुर नगर समितिका सचिव पूर्ण घलेले कार्यक्रमको समापन गर्दै देशभरी नै २५ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइरहेको बताए ।

नेशनल प्याब्सनले कोरोनाको बेला समेत विभिन्न माध्यमले सहयोग गरेको उनको भनाई थियो । आज २७ जना बालबालिकाहरुलाई कपि १ दर्जन, सिसा कलम २ दर्जन र स्विटर १ पिस प्रति विद्यार्थी हस्तान्तरण गरेको सचिव घलेले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर खड्का, नेशनल प्याब्सनका जिल्ला सदस्य प्रसान्त रिजाल, नेशनल प्याब्सन कोहलपुर समितिका कोषाध्यक्ष ज्ञानेन्द्र आचार्य लगायत अभिभावकहरुको समेत उपस्थित रहेको थियो । सो कार्यक्रममा नेरामाविका छात्रा ज्योति खत्रीलाई बागेश्वरी ईमी स्कुलका प्रअ कलाधर चापागाईले २ हजार रुपैया सहयोग गरेका थिए ।



कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्