वासिङ्टन डिसी ।
अमेरिकाको स्पेसएक्स कम्पनीका ५० जना कर्मचारीहरुले जागिर गुमाएका छन्। टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा संसारकै धनाढ्य एलन मस्कको आलोचना गरेको कारण उनीहरुले जागिर गुमाउनु परेको हो।
स्पेसएक्सका अध्यक्ष शटवेलले मस्कको निन्दा गरिएको पत्रमा हस्ताक्षर गर्ने कर्मचारीलाई कम्पनीले सेवामुक्त गरेको जानकारी दिएका छन्।
कम्पनीको आचार संहिता विपरित बोलेकै कारण कर्मचारीलाई निकालिएको उनले बताएका छन्। ‘हामीलाई गर्नको लागि धेरै विषयहरु छन्, यस्ता अति सक्रिय कर्मचारीलाई काममा राख्नु कम्पनीको हित विपरित हुन्छ’ उनले भने। कम्पनीबाट निकालिएका कर्मचारी सहायक स्तरको रहेको बताइएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्