अनेम संघ कोहलपुुर १ को अध्यक्षमा रमिला सुनार

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ को अखिल नेपाल महिला संघको रमिला सुनारको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा खगि कुमारी वली, सचिवमा लक्ष्मी कुमारी थापा, सह-सचिवमा कोमल घिमिरे र दिलुमाया शाही नेतृत्वको महिला टिम चयन भएको हो ।

सो समिति निर्माण गर्ने क्रममा प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य र अनेमसंघको केन्द्रिय स्थानीय विभाग सदस्य आरती पौडेल, जिल्ला कमिटि सदस्य गोपी खनाल, सचिवालय सदस्य खेमराज शर्मा, सदस्य रुद्र प्रसाद खनालको उपस्थिति रहेको थियो ।