बर्दियामा जबरजस्ती करणी तथा हाडनाता करणी अभियोग ठुलोबुवा पक्राउ

काेहलपुर  ।

बर्दियामा आफ्नै ठुलोबुवाबाट २१ वर्षीया युवती बलात्कृत भएकी छन् । ति युवतीलाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुवा पक्राउ परेका छन् ।

उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा जबरजस्ती करणी तथा हाडनाता करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

sadarline.com बाट साभार