तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु




दाङ ।

तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहयक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

हिजाे बेलुकी करिब ८:३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले चिवुमा गोली हानी आत्महत्या गरेको इप्रका तुसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख ४ गते सोमबार