विद्यार्थी राजनीतिदेखि पार्टी राजनीति हुँदै कोहलपुरको मेयर पदको प्रत्यासी पूर्ण प्रसाद आचार्य को हुन् ?




बुबा हिरालाल आचार्य तथा माता इन्दिरा आचार्यको कोखबाट वि.सं. २०४३ सालमा सल्यान जिल्ला साविकको कालागाउँ गा.वि.स. हाल कुमाख गाउँपालिकामा पूर्ण प्रसाद आचार्यको जन्म भएको थियो । उनी सानै उमेरदेखि निकै जिज्ञासु तथा जेहन्दार र मेहनति थिए साथै जिज्ञासु स्वभावका थिए । द्वन्दको समयमा उनको बुबा कालागाउँमा बसोबास गर्न निकै समस्या भएपछि उनको परिवार विस्थापित भइ वि.सं. २०५७ सालमा कोहलपुर नगरपालिका वडा नं. ८ पिपरिमा स्थायी रुपमा बसोवास गर्दे आएका हुन् ।

उनले माध्यमिक तहको शिक्षा त्रिभुवन माध्यमिक विद्यालय कोहलपुर, प्रमाणपत्र तह बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, स्नातक तह सुर्खेत शिक्षा क्याम्पस सुर्खेत र स्नातकोत्तर तहको शिक्षा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुर बाट पुरा गरेका छन् । उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट राजनीतिक शास्त्रमा पनि एम.ए.उतिर्ण गरेका छन् । उनी एक जोसिला र योग्य, सक्षम युवा हुन् । एक राजनीतिक परिवारमा जन्मेका आचार्यको हुन् । उनी निकै सरल, नम्र तथा भलादमी पाराको व्यक्ति हुन् ।

उनी कोहलपुरबासी मात्र होइन बाँके बासीको मानस पटलमा छन् । उनी स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा बागेश्वरी क्याम्पसमा उम्मेदवारी दिएर पराजित भएपनि उनको राजनीतिक यात्रा कहिल्यै निराश भएको छैन । उनी विगत २० वर्ष देखि अनवरत रुपमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रुपमा काम गर्दै विगत ८ वर्ष देखि बाँके जिल्ला सभापति समेत छन् । तर राजनीति लाई निष्ठापूर्वक नीति तथा विधिमा मानेर अगाडी बढ्ने सोचले नगरप्रमुखको उम्मेदवारी पाउनु केहि दिन अगाडी नेपाल विद्यार्थी संघको ३५ वर्षे विधान अनुसार पदमा बस्ने उमेरको हदबन्दिको नैतिकतालाई शिरोधार्य गर्दै नेपाल विद्यार्थी संघको सभापतिपदलाई कार्यवाहक रुपमा उपसभापतिमा हस्तान्तरण गरेका छन् के उनी निष्ठाको राजनीति गर्दछन् वा गर्दैनान् यसबाट प्रमाणित हुन्छ ।

नेपाली कांग्रेस पाटीको १३ औँ महाधिवेसनमा मध्य तथा सुदुर पश्चिमकै कान्छो महाधिवेसन प्रतिनिधिका रुपमा परिचित आचार्य १४ औँ महाधिवेसन बाट महाधिवेसन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा लोकप्रिय नेताका रुपमा अत्याधिक मतले विजयी भएका हुन् । आजभोली पद छोड्ने सवालमा धेरैको आँखाबाट आँशु मात्र होइन घर खेत गएजस्तो गर्दछन् । नेपाल विद्यार्थी संघको सभापति हुँदा सहिद चोक बहादुर खत्री र जागेश्वर थारुको नाममा गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि पवित्र कार्य अक्षयकोषको निर्माण गर्न सफल हुनु भएको छ ।

कोभिड १९ को समयमा हुने खानेले हुँदा खानेलाई सहयोग भन्ने उद्देश्यका साथ अभियान संचालन गरी आम नागरिकको घर घरमा गएर नागरिकका विविध समस्याहरुमा हातमा हात तथा काँधमा काँध मिलाउदै आर्थिक, भौतिक, स्वास्थ्य, खाद्यान्न सहयोग गरी सामाजिक जनताका घरघरमा पुगेर सहयोग गरेका थिए । उनी सामाजिक कार्यमा सधै आम जनताका घरमा गएर सहयोग र साथ दिने युवा हुन् ।

समग्र कोहलपुरको विकास र समृद्धि प्राप्तिमा प्रत्यक्ष केन्द्रीय नेताहरुसंग पहुँच भएका र भोली कोहलपुरको विकासको लागि उनीमा फरक खालको भिजन छ । कोहलपुरमा रहेका विभिन्न वर्ग, जात, धर्म, लिङ्ग, क्षेत्र र समुदायका जेष्ठ नागरिक तथा नयाँ पुस्ताको सेतुका रुपमा प्रस्तुत हुने क्षमतावान नेता हुन् । कोहलपुर नगरले मात्र नभइ सिङ्गो बाँके जिल्लाले भावी दिनमा पाटीको केन्द्रीय तहको नेतृत्वमा समेत पुग्न सक्ने आशा र भरोसा गरेको नेता हुन् ।

उनले कोहलपुरको समृद्धि लागि कोहलपुरलाई शैक्षिक, स्वास्थ्य क्षेत्रको हव, पर्यटनको क्षेत्रको हव, खेलकुदको हव मात्र होइन आम युवाहरुका रोजगारीको हव गराउने भिजन रहेको छ । उनले जेष्ठ नागरिकको सम्मान, एकल महिलाहरुको थप भत्ता प्रदान गर्ने योजना छ । उनका यि विविध भिजनलाई हेर्नको लागि पनि यस पटकको स्थानिय तह निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर पदको निरविकल्प उम्मेदवार पूर्ण प्रसाद आचार्य र उपमेयर संगीता सुवेदीलाई अत्याधिक बहुमते विजय गराउन आम कोहलपुरबासीमा हार्दिक अपिल गरेका छन् ।

के रहेका छन् उनका शिक्षाको क्षेत्रमा राखिएका प्रतिवद्धाहरु ?

शिक्षा :

  • नगरस्तरमा कम्तिमा पनि एक आधारभूत विद्यालयलाई आधुनिक प्रविधिमैत्री नमूना अपाङ्गमैत्री आवासीय विद्यालयको व्यवस्था गर्ने ।
  • नगरस्तरमा माध्यमिक तहमा विविधता व्यवस्थापन सहितको एक आवासीय नमूना विद्यालयको व्यवस्था गरी लागु गर्ने ।
  • एक माध्यमिक विद्यालयमा एक प्राविधिक धार सञ्चालनको कार्यन्वयन गर्ने ।
  • पाँच वर्ष भित्र एक वडा एक अनिवार्य माध्यमिक विद्यालयको स्थापना गरिने छ ।
  • हरेक सामुदायिक आधारभूत विद्यालयको सुरक्षाको लागि पर्खाल तथा तारबारको व्यवस्था गर्ने ।
  • नगर भित्रका रहेका सामुदायिक विद्यालयहरुमा अपुग भएका शिक्षक दरबन्दिको पहिचान गरी नगर शिक्षक अनुदानको शिक्षक व्यवस्था गर्ने ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि जेहन्दार, दलित, पिछडा, मुस्लिम, जनजाती, सिमान्तकृत र चिडीमार लगायत पिछडीएका जातजातीका बालबालिकाहरुका लागि बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्नातक तह सम्म छात्रवृतिको व्यवस्था गर्ने ।
  • नगरभित्र रहेका सबै बालविकास केन्द्रहरुमा कार्यरत शिक्षकहरुका लागि मन्टेश्वरी तालिम प्रदान गरी आधुनिक शिक्षण विधि र प्रविधि एवम् सामग्रीको प्रयोग गरी शिक्षण गर्ने व्यवस्थालाई प्राथमिकता प्रदान गर्ने ।
  • नगरपालीका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरुमा खेलमैदान तथा आधारभूत विद्यालयमा बालबाटिकाको व्यवस्था गरी अपाङ्गतामैत्री शौचालय सहित भौतिक पूर्वाधार निर्माण गर्ने ।
  • नगरभित्र रहेका सबै सामुदायिक शैक्षिक संस्थाहरुमा प्रविधियुक्त ई—लाइब्रेरी सहितको ल्याव बनाउन पहल गर्ने ।
  • हरेक बालविकास केन्द्रलाई स्थानीय विद्यालयको मातहतमा ल्याई व्यवस्थित गर्ने ।
  • नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय विच समन्वयगरी विद्यालय शिक्षणको गुणस्तरतामा समानता ल्याउन शिक्षण सिकाइ सरहजीकरण आवश्यक शिक्षक तालिमको व्यवस्था गरी संस्थागत विद्यालयका शिक्षकहरुको क्षमता तथा दक्षता अभिवृद्धि गराउन पहल गर्ने ।
  • विज्ञ समुह तथा नीजी विद्यालयका संस्थापकहरुको समन्वयमा नीजी विद्यालय नगरशिक्षा सुधार समिति गठन गरी उक्त समितिको प्रतिवेदको आधारमा “नीजी विद्यालय शिक्षा सुधार कार्यक्रमलाई” अगाडी बढाउने ।
  • कोहलपुर नगरपालीका भित्र रहेका मदरसा विद्यालयहरुको सञ्चालन तथा स्तरन्नोतिका लागि आवश्यक नीति तयार गरी कार्यन्वयन गर्ने ।
  • संस्थागत विद्यालयको कर प्रणालीलाई व्यवस्थित गर्ने र संस्थागत विद्यालयलाई हरेक वर्ष आवश्यकताको पहिचान गरी थप कक्षा सञ्चालन गर्न सहजता प्रदान गर्ने ।
  • कोहलपुर नगरपालिका भित्रका रहेका विविधता र आवश्यकताका क्षेत्रहरु सहितको सिकारुको स्थानीय पाठ्यक्रम निर्माण गरी पाइलट प्रोजेक्टको रुपमा कार्यन्वयन गर्ने ।
  • कोहलपुर नगरभित्र रहेका हरेक आधारभूत विद्यालयहरुमा कक्षा १ देखि ३ सम्म स्थानीय आवश्यकताको आधारमा मातृभाषाको पाठ्यक्रम निर्माण गरी कार्यन्वन गर्ने ।
  • कोहलपुर नगपालीका भित्र बसोबास गर्ने सडक, औधोगीक क्षेत्रमा कामगर्ने, पिछडीएका जाती र भाषा, द्धन्द पिडित, विशेष क्षमता भएका बालबालिकाहरुको लागि विशेष छात्रवृति कोष निर्माण गरी उनीहरुलाई शिक्षाको मूलधारमा ल्याउन पहल गर्ने ।
  • कोहलपुर मेडिकल कलेजमा पठनपाठन हुने एम.बी.बी.एस. अध्ययनका लागि कोहलपुरको स्थानीय विद्यार्थीको लागि हालको १० प्रतिशत स्थानीय छात्रवृतिलाई बृद्धि गरी २० प्रतिशत बनाउन पहल गरी कार्यन्वयनमा ल्याउने ।
  • कोहलपुर नगरपालीका भित्र स्थायी रुपमा बसोबास गर्ने अभिभावकका छोराछारीहरुले प्राविधिक धारमा उच्च शिक्षा (एम.बी.बी.एस., एम.फिल., मास्टर्सइन इन्जिनियर) अध्ययन गर्ने विद्यार्थीहरुको लागि कम्तिमा एक एक जनालाई विशेष छात्रवृतिको व्यवस्था गर्ने ।
  • नगर क्षेत्रभित्र स्थायी रुपमा बसोबास गरेका अनुसन्धान विद्यावारिधि (पि.एच.डी.) अध्ययन गर्ने व्यक्तिको लागि प्रोत्साहन गर्न एक पटकको लागि छात्रवृतिको व्यवस्था गर्ने ।
  • कोहलपुर नगरभित्र औधोगिकरण, गुणस्तरयुक्त शैक्षिक विकास, प्राविधिक शिक्षाको लागि कोहलपुर नगरपालीका भित्र अवस्थित एक मात्र उच्च शिक्षा प्रदान गर्दै आएको मध्यपश्चिम विश्वविद्यालयको आंगिक बागेश्वरी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा अध्ययन गर्नको लागि आवश्यक क्रमागत बजेटको व्यवस्था गरी पठनपाठन गराउन पहल गर्ने ।
  • आधुनिक विज्ञान र प्रविधिको विकास एवम् प्रयोग गर्न बागेश्वरी क्याम्पसको आर्थिक, शैक्षिक, भौतिक विकासको लागि आवश्यक पर्ने विविध पूर्वाधार निर्माणका लागि पहल गरिने छ । साथै कृषि, वनविज्ञान तथा आइ.टी. पठनपाठको लागि विश्वविद्यालयसंग समन्वय गरी कार्यन्वयन गर्न पहल गर्ने ।
  • बागेश्वरी बहुमुखी क्याम्पसमा सञ्चालित सबै संकायका स्थानातकोत्तर तहका कार्यक्रम संचालन गर्न पहल गर्ने ।
  • बागेश्वरी बहुमुखी क्याम्पसमा हाल सञ्चालनमा रहेका सबै संकायमा स्नातकोत्तर तहका कार्यक्रममा प्राविधिक कार्यक्रमहरु विस्तार गरी पश्चिम क्षेत्रकै सर्वाेत्कृष्ट उच्च शिक्षा प्रदान गर्ने क्याम्पसको रुपमा विकास गर्न पहल गर्ने ।
  • नगरपालिका भित्र संचालन गरिने विभिन्न योजना, आयोग तथा नीति निमार्ण गर्नका लागि अनुसन्धान गरि कार्यलाई शसक्त रुपमा कार्यन्वयन गर्न बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको उच्च जन शक्ति सहितको आवश्यक विद्यालय सहितको विज्ञ टोली गठन गरी अनुसन्धान कार्यलाई अगाडी बढाउने ।
  • कोहलपुर नगरपालीका भित्र सञ्चालन गर्ने हरेक ट्युसन तथा कोचीङ सेन्टरको पहिचान गरी नगरशिक्षा कार्यालय मार्फत दर्ता प्रक्रियामा ल्याई आवश्यक करको दायरामा ल्याई व्यवस्थित गर्ने ।
  • नगरभित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक तथा विद्यालयलाई विश्व साक्षरता दिवसको अवसरमा वार्षिक ४/४ जनाका दरले सम्मान गर्ने ।
  • माध्यमिक तह कक्षा ११, १२ एवं विश्व विद्यालय तह स्नातक एवं स्नातकोत्तर अध्ययान गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई सामुदायिक तथा संस्थागत शिक्षण संस्थाले सामाजिक उत्तर दायित्व अन्र्तगत रहि अनिवार्य रुपमा २० प्रतिशत छात्र बृद्धि प्रदान गर्ने व्यवस्थालाई कार्यन्वयन गर्ने ।
  • कोहलपुर नगरपालिका भित्र रहेको एक मात्र ज्ञानोदय सामुदायिक पुस्तकालयको स्तर बृद्धि र पाठक वृन्द्धको वसाइ व्यवस्थापन साहित आवश्यक कार्य सञ्चालन गर्न प्रत्येक वर्ष क्रमागत रुपमा बजेटको व्यवस्थापन गर्ने ।
  • सबै सरकारी विद्यालयहरुमा दिवा खाजा सेवा कार्यक्रमलाई व्यवस्थित गरि निरन्तरता दिने । क्रमशः

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार