मावि स्तरीय निबन्ध लेखन प्रतियोगितामा जनज्योति पब्लिक हाई स्कुल प्रथम




कोहलपुर । माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा जनज्योति पब्लिक हाई स्कुल प्रथम भएको छ ।

१८ औं राष्ट्रिय पुस्तकालय दिवस तथा २१ औ साधारण सभाको अवसरमा मावि स्तरीय निबन्ध लेखन प्रतियोगितामा जनज्योति पब्लिक हाई स्कुल प्रथम भएको छ ।

“हाम्रो पुस्तकालय : हाम्रो भविष्य” भन्ने आदर्श वाक्यका साथ १८ औं राष्ट्रिय पुस्तकालय दिवस तथा यस पुस्तकालयको २१ औं साधारण सभाको अवसरमा आयोजित माध्यमिक स्तरीय निबन्ध लेखन प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं -८ का वडाध्यक्ष लाल बहादुर रानाले पुस्तकालयको विकासले आम पाठकको मस्तिष्कमा परिवर्तन ल्याउने वताए ।

पुस्तकालयले पछिल्लो समय सामाजिक, शैक्षिक र साहित्यको क्षेत्रमा सराहनीय कार्य गर्दै आएको वताए । उनले पुस्तकालयले विभिन्न विधाका कार्यक्रमजरु गर्दै आएको पनि जानकारी दिए । उनले आज बालबालिका भोलिका कर्णधार भएकोले पुस्तकालयको प्रयोग गर्नु भविस्य निर्माणको आधारशिला भएको जानकारी दिदै उनले आगामी दिनमा पुस्तकालयले बालबालिका, विद्यार्थी र विद्यालयको क्षेत्रमा हुने विधा सम्बन्धिका कार्यक्रमहरुमा डेढ लाख सम्मको बजेट विनियोजन गर्न सहयोग गर्ने वताए ।

हिजो पुस्तकालयको कार्यसमितिको उपाध्यक्ष हुंदा पनि आफ्नो मुल्यांकन आम पाठक र समुदायले गरेको वताए । आजको २१ औ शताब्दीको समयमा डिजिटलबाट मात्र ज्ञान प्राप्त नगरी पुस्तकालय ज्ञानको भन्डार भएकोले सम्पूर्ण सहभागीले आगामी दिनमा यसको भरपुर सदुपयोग गर्न अनुरोध गरे ।

 कार्यक्रममा बोल्दै अध्यक्ष रानाले वडाबाट हुने सम्पूर्ण सहयोग गर्ने  र नगरपालिकाबाट समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यहि भाद्र ७ गते ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ भन्ने शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा कोहलपुरका १४ वटा माध्यमिक विद्यालयहरु सहभागिता जनाएका थिए जसमध्ये जनज्योति पब्लिक हाई स्कुलकी छात्रा अनुष्का घिमिरेले ११५ अंक प्राप्त गरी प्रथम भएकी हुन् ।

यस्तै द्धितीय हुनेमा पञ्चमुखी ईमी स्कुलकी रितिका मल्लले ११२ अंक प्राप्त गरेकी थिइन् भने बागेश्वरी एकेडेमी स्कुलका छात्र युवराज खत्रीले १०६ अंक प्राप्त गरी तृतीय भएका हुन् । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिव एकराज शर्माले गरेका थिए ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको हलमा भाद्र १५ गते पुरस्कार वितरण हुने शर्माले  जानकारी दिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार