कोहलपुरमा पशु विमा र सुत्केरी भत्ता वितरण

कोहलपुर ।

कोहलपुर नगरपालिकाले पशु विमा र सुत्केरी भत्ता वितरण गरेको छ । कोहलपुर नगरपालिकाको नगर पशु सेवा शाखाको वार्षिक कार्यक्रम अनुसार पशु विमा कार्यक्रम अन्र्तगत किसानले बेहोर्ने पशु विमा प्रिमियमको ५०% अनुदान र पशु सुत्केरी भत्ता रकम आइतवार वितरण गरेको छ ।

यस्तै कोहलपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दिल बहादुर परिवारको प्रमुख अतिथ्यता र नगर पशु सेवा शाखाका प्रमुख गोविन्द बहादुर रोकायको सभापत्विमा सो वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

कोहलपुर नगरपालिकाका आर्थिक विकास शाखा संयोजक दिल बहादुर परियारले पशु विमा र सुत्केरी भत्ता वितरण कार्यक्रममा बोल्दै कोहलपुरमा किसानहरुलाई कृषि क्रान्ति गर्नका लागि सहज र सरल वातावरण तयार गरिएको बताए । ‘संघियता आएपछि हामी पहिलो निर्वाचिन जनप्रतिनिधि हो’ उहाँले भन्नुभयो, ‘तर हामीले स्थानीय तहको पाँच वर्ष के के काम गर्‍र्यो भन्ने विषयको समिक्षा आफै गर्नुहोला ।’ संघियताको लागू गर्नुपर्ने र त्यसको निति, नियम, ऐन, नियामावली, कार्यविधि बनाई कार्यक्रम लागू गर्नुपर्ने निकै कठिन काम थियो तर सम्पन्न गर्‍र्याै ।

अहिले प्रत्येक वडा कार्यालय, आधारभुत स्वास्थ्य चौकी, अत्याधुनिक लामो दुरीकोे बसपार्क, छोटो दुरीको बसपार्क, किसानहरुलाई राहत हुने किसिमका कार्यक्रम, राजमार्गदेखि, नगरपालिकादेखि र वडा कार्यालयदेखि सबैको घरघर टोलटोलसम्म पुग्ने सडक निर्माण गरी हिलो मुक्त सडक निर्माण भएको लगायत अन्य कामहरु समेत भएको उहाँको भनाई थियो ।

यस्तै नगर पशु सेवा शाखाका प्रमुख गोेविन्द रोकायले सुत्केरी भत्ता तेस्रो चरणको र बिमा पहिलो र दोस्रो चरणको रकम भुक्तानी दिएको बताए । जस्तै, बिमाको रकम भनेको किसानले १ लाखको बिमा गरेको छ भने त्यसको ५० हजार नगरपालिकाले तिर्छ जुन कुल बिमाको ५० प्रतिशत हो । रानाका अनुसार पशु विमा कार्यक्रममा १ सय ३६ जना कृषक लाभान्वित भएका छन् जसमा ३ सय ५५ पशु संख्या मध्ये गाई ८४, भैसी १७२, बाख्रा ७९ रहेका छन् । सो किसानहरुलाई २ लाख ३४ हजार २ सय ७१ रुपैया किसानलाई वितरण गरिएको शाखा प्रमुख रोकायले बताए ।

यस्तै पशु सुत्केरी भत्ता १ सय १७ जना कृषकले लाभान्वित भएका छन् । जम्मा १ सय ८३ मध्ये गाई ८५ र भैसी ९८ रहेका छन् । किसानहरुलाई पशु सुत्केरी भत्ताको ३ लाख ६६ हजार रुपैया रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख रोकायले बताउनुभएको छ । यस्तै कार्य क्रममा आर्थिक विकास शाखाका प्रमुख विर बहादुर विक, पशु सेवा अधिकृत तिलकप्रसाद आचार्य, दिपा शर्मा, नविना थापा, लोकेन्द्र बुढा लगायतको उपस्थित रहेको थियो ।