Kohalpur Today Header Ads

घरदैलो अभियानमा माओवादी




कोहलपुर ।

कोहलपुर नगरपालिकामा माओवादी केन्द्रले घरदैलो अभियान सुरु गरेको छ । माओवादी केन्द्रले नगर प्रमुखमा नरेन्द्र न्यौपाने र उपप्रमुखमा नारायणी वलीलाई जिताउ अभियानका साथ बिहान देखि साँझ ६ बजेसम्म घरदैलो अभियान सबै वडाहरुमा तिव्र रुपमा चलिरहेका छन् ।

केन्द्रीय तहको राजनीति गरेर कोहलपुर पुगेका न्यौपानेले आफू पछिल्लो ५ वर्षको अवधिमा कोहलपुरको राजनीतिक अवस्था, मुख्य–मुख्य समस्या र कोहलपुरको सम्भावनाका बारेमा समेत अध्ययन गर्ने प्रयाप्त मौका साथै जनताको सेवा गर्ने अवसरका रुपमा आफूले लिएको बताउँछन् । गाँउ घरका स–साना समस्यादेखि कोहलपुरलाई विकास र प्रशासनिक हिसाबले समृद्ध गर्ने काममा उनको उत्तिकै खटाइ छ । कोहलपुरमा विकासका काममा प्रदेश र केन्द्र सरकारसँग लबिङ गर्न होस् या कोभिडको महामारीमा जनताको घर–घरमा पुगे सेवा गर्न होस् उनी निरन्तर लागिपरेका थिए ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

‘मैले कोहलपुर बासीको लागि कुनै पदमा नरहेपनि काम गर्दै आएको छु, त्यो कुरा मैले भन्नुभन्दा पनि यहाँका जनतालाई थाहा छ,’ उम्मेदवारी दर्ता गरेपछि न्यौपानेले सँग भने, ‘तर, काम गर्न इच्छा र जागर भएर मात्रै नहुने रहिछ कुनै तहबाट गर्न सकियो भने झन राम्रो हुन्छ भन्ने मेरो बुझाइ छ । त्यसैले मैले उम्मेदवारी दिएको हो, आशा छ यहाँका जनताले साथ दिनुहुने छ ।’ कोहलपुरमा लोक कल्याणकारी स्थानीय सरकार बनाउने योजनामा रहेको उनको भनाइ छ ।

खासगरी सार्वजनिक सेवा, सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस हुन नदिने उनको दाबी छ । उनले यसअघिदेखि नै कोहलपुरबासीको लागि काम गरेर सबैको मन–मनमा बस्न सफल भएकोले जित निश्चित भएको बताएका छन् । ‘काम गरेर होस् या नयाँ विचार र योजना बनाएर होस् म यहाँका जनताको मनमा बस्न सफल छु, त्यसैले चुनाव त अवश्य जित्ने नै छु,’ न्यौपानेले भने ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १५ गते बिहीबार