एनपीएल–२०२५ : पहिलो खेलको टिकटबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने




काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को पहिलो खेलबाट उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बिहीबार (असोज २) नेपाली टिमको बिदाइ कार्यक्रममा एनपीएल–२०२५ को पहिलो खेलमा टिकटबाट उठ्ने रकम सबै राहत कोषमा जम्मा गरिने बताएका हुन् ।

क्यानले बिहीबार एक कार्यक्रममार्फत वेस्ट इन्डिजविरुद्धको शृंखलाका निम्ति युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपाली टिमलाई बिदाइ गरेको हो । बिदाइअघि क्यानले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार