बारबर्दियाको उपमेयरबाट राजीनामा दिएर चुनावमा होमिइन् अञ्जु दहित




काेहलपुर ।

बर्दियाको बारबर्दिया नगरपालिकाकी उपमेयर अञ्जु दहितले पदबाट राजीनामा दिएर स्थानीय तह निर्वाचनको प्रचारमा सक्रिय भएकी छन् ।

सार्वजनिक पदमै रहेर पार्टी विशेषको चुनाव प्रचारमा हिंड्न नैतिकताले नदिने भन्दै उनले बिहीबार पदबाट राजीनामा दिएकी हुन् । उनले राजीनामा सँगै ल्यापटप, मोबाइल लगायतका सामग्री पनि फिर्ता गरेकी छन् ।

निर्वाचन आयोगले जनप्रतिनिधिहरुले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने निर्णय गरेको थियो । दहित बारबर्दिया नगरपालिकाको मेयरको प्रमुख दाबेदार हुन् ।

उनले आफू पदमा रहँदा सहयोग गर्ने नगर प्रमुख, कार्यपालिका एवम् नगर सभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत पालिकाका कर्मचारीहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, सञ्चारकर्मी र नगरवासीप्रति आभार व्यक्त गरेकी छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ९ गते शुक्रबार