१२०० मत गन्दा उपसभापतिमा गुरुङको अग्रता, कसको कति मत ?

काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

१२०० मत गन्दा धनराज गुरुङले ५०२ र पूर्णबहादुर खड्काले ४९० मत पाएका छन् ।
त्यस्तै विजयकुमार गच्छदारले ४८५ र चन्द्र भण्डारीले ४५० मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।