एसले बैजनाथ गाउँपालिकामा ६ वटा वडाका पदाअधिकारी सहित उम्मेदवार घोषणा




कोहलपुर ।

आगामी बैशाख ३० गतेको निर्वाचनको लागि नेकपा एसले बैजनाथ गाउँपालिकाको पदाधिकारी सहितको पालिका स्तरीय उम्मेदवारहरु घोषणा गरेको छ । आइतबार भएको एक कार्यक्रम गरी एसले पालिकामा रहेका ८ वटा वडा मध्ये ६ वटा वडाका पदाअधिकारी सहित टुङ्गो लगाएको छ ।

बैजनाथ गाउँपालिकाका एस अध्यक्ष खडग बहादुर रजाली मगरले ७ र ८ मा भने उम्मेदवारी धेरै भएको कारणले उम्मेदवारीमा घोषणा हुन बाँकी रहेको बताए । अन्य वडाहरुमा भने सहजै रुपमा वडा अध्यक्ष र अन्य सदस्य उम्मेदवारीहरुको सकिएको रजाली मगरले जानकारी दिए ।
यस्तै बैजनाथको वडा नम्बर १ को अध्यक्ष पदमा बिर्ख बहादुर रोकायले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सदस्यहरुमा चन्द्र बहादुर विश्वकर्मा, सुनिल कुमार थारु, हिरादेबी शाह र शान्ती विश्वकर्मा रहेका छन् ।

यस्तै वडा नम्बर २ मा अध्यक्ष पदमा मकर बहादुर रामजाली मगर उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सदस्यहरुमा बिर्मा टमटा रहेका छन भने अन्य सदस्यहरु अझै बाँकी रहेका छ ।

यस्तै वडा नम्बर ३ मा अध्यक्ष पदमा राजु बहादुर विसी उम्मेदवार दिएका छन् सदस्यहरुमा राज कुमारी थारु, पदम बहादुर बिर्कटा मगर, बजारु थारु, धन सनसरा नेपाली रहेका छन् ।

बैजनाथ ४ नम्बर वडाबाट अध्यक्षमा जय बहादुर शाह, सदस्यमा जिउनी बिक, रेखा थापा, ईन्द्र बहादुर शेरचन र गोबिन्द बुढा रहेका छन् । यस्तै बैजनाथ ५ को अध्यक्ष दिप बहादुर थापा रहेका छन् भने अन्य सदस्यहरुको अझै टुङ्गीएको छैन ।

बैजनाथ गाउँपालिका ६ वडाबाट अध्यक्षमा सुनिल रसाइली, सदस्यमा शेर बहादुर खड्का र हेमप्रकाश गिरि रहेका छन् ।

यस्तै बैजनाथ गाउँपालिका ७ र ८ नम्बर वडामा उम्मेदवारहरु धेरै आकाँक्षी भएकाले अझै टुङ्गो लगाउने नसकेको नेकपा एकीकृत समाजवादी बैजनाथका अध्यक्ष खड्क बहादु रिजाइली मगरले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत २८ गते सोमबार