रिलायन्स फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कोहलपुर ।

रिलायन्स फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ग्लोबल मनी विकको अवसरमा रिलायन्स फाइनान्स बैंकले वित्तिय साक्षरता कार्यक्रम फरक फरक मिति र स्थानमा भएको थियो ।

जसमा रिलायन्स फाइनान्स शाखा कार्यालय, बागेश्वरी बहुमुखी क्याम्पस त्रिभुवन नमूना माध्यमिक विद्यालय, राजापुर नगरपालिकामा रहेको अमर शहिद बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरिएको कोहलपुरका रिलायन्स फाइनान्स लि.का शाखा प्रमुख कुल बहाुदर पुनले जानकारी दिएका छन् ।

यस्तै उनका अनुसार त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत ११ र १२ मा व्यवस्थापन संकायका ८० जना विद्यार्थीहरुलाई फाइनान्स सम्बन्धी जानकारी गराइएको बताए । सो कार्यक्रममा रिलायन्स फाइनान्स लि. का केन्द्रिय कार्यालयका विभागिय प्रमुख ओमकार मणि आचार्य, नविन्द्र केसी, त्रिभुवन माध्यमिक विद्यालयकी प्रमुख देवका थापा, शिक्षक गणेश पौडेल उपस्थिति रहेको थियो ।

यस्तै रिलायन्स फाइनान्स लि. को शाखा कार्यालयमा समेत चियापान कार्यक्रम गरिएको थियो । कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल तथा निवर्तमान अध्यक्ष चक्र बहादुर अधिकारीको उपस्थितिमा ६० भन्दा बढिको उपस्थिति रहेको थियो । जसमा फाइनान्सको बारेमा जानकारी आदानप्रदान गरिएको थियो । यस संस्थाले ग्राहक र संस्था विचको सम्बन्ध अझ निकट हुने उवासंघका कोहलपुरका अध्यक्ष पौडेलले जोड दिएका थिए ।

यस्तै बागेश्वरी बहुमुखी क्याम्पसमा स्नातक तहमा व्यवस्थापन संकायतर्फ अध्ययनरत गरिरहेका ८० जना विद्यार्थीहरुले वित्तिय साक्षरता सम्बन्धी जानकारी लिएका थिए । सो कार्यक्रम शिक्षक धुव्र अधिकारीको संयोजकत्वमा भएको थियो ।

यस्तै राजापुर नगरपालिकामा रहेको अमर शहिद क्याम्पसमा स्नातक तहका व्यवस्थापन संकाय तर्फ अध्ययनरत ८० जना विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै राजापुर नगरपालिका प्रमुख शिवप्रसाद थारूले वित्तिय संस्थाको आधुनिक बैंकिङ्ग तथा वित्तिय सचेतनासंग सम्बन्धीत यस कार्यक्रम अत्यन्तै सर्‍हानिय रहेको बताए । अमर शहिद क्याम्पस प्रमुख अनिल दत्त चौधरी समेत उपस्थित रहेकाे थियाे ।

यस्तै राजापुर क्षेत्रमा कृषि समूहमा आबद्ध करिब ३० जना कृषकहरुलाई कृषि सहुलियत कर्जा तथा कृषि क्षेत्रसंग बैंकको अन्तरसम्बन्धको बारेमा कार्यक्रम गरिएको कोहलपुर रिलायन्स फानाइन्सका शाखा प्रमुख पुनले जानकारी दिए । रिलायन्स फाइनान्सका देशभर रहेका २१ शाखामार्पmत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।