Kohalpur Today Header Ads

लुम्बिनीमा माओवादीका १ लाख १२ हजार बढी संगठित सदस्य




काेहलपुर ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा १ लाख १२ हजार १८८ जना माओवादी केन्द्रका संगठित सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा नेता जगप्रसाद शर्माले प्रदेशमा पार्टी सदस्य र पार्टीका गतिविधिबारे जानकारी गराएका हुन् ।

त्यसक्रममा उनले २६ वटा संघीय निर्वाचन क्षेत्र, ५२ प्रदेश निर्वाचन क्षेत्र, १०९ वटा पालिका र ९८३ वडामा सम्मेलन सम्पन्न भएको पनि जानकारी दिए । उनले लुम्बिनी प्रदेश ऐतिहासिक, सांस्कृति मात्रै नभइ हिजोको विभिन्न आन्दोलनले पनि महत्वपुर्ण रहेको बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उनले लुम्बिनी कम्युनिस्ट आन्दोलनका लागि समेत उर्वर भुमि भनेर चिनिएको भन्दै नेकपा माओवादीको संगठन निर्माण व्यापक बनेको बताए । शर्माले पार्टी केन्द्रको निर्देशन अनुसार संगठन विस्तार गर्दै समाजवादका लागि भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार