नरभक्षी बाघको खोर बनाउँदा करेन्ट लागेर कुमालको मृत्यु




काेहलपुर ।

नरभक्षी बाघलाई नियन्त्रण गर्नको लागी बनाउन लागिएको अत्याधुनिक खोरमा पानी सिचाई गर्दा करेन्ट लागेर एक जनाको ज्यान गएको
छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका २ माथेबास बस्ने १्र९ वर्षीय राजु कुमालको करेन्ट लागेर शुक्रबार मृत्यु भएको प्रहरी चौकी अगैयाका इन्चार्ज प्रहरी सहायक निरिक्षक खिम बहादुर रानाले जानकारी दिए ।

सोही गाउँपालिका २ खैरीखोलास्थित बाँके राष्ट्रिय निकुन्ज बन्यजन्तु उद्धार खैरीको निर्माणाधिन बाघको खोर कम्पाउण्डमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ ।

खोर निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा पलस्टर भएकोे पर्खालमा सिचाई गर्दा मोटरमा कनेक्सन भएको तारबाट करेन्ट लागेर ज्यान गएको भन्ने खबर दिउँसो २ बजेतिर खबर पाएको इन्चार्ज रानाको भनाई थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस अघि बर्दियामा मान्छे खाने बाघ नियन्त्रणमा लिएर उक्त खोरमा राखिएको बेला बाघ भागेको थियो ।

raptisonarikhabar बाट

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २८ गते शनिबार