कोहलपुर, बाँके भाद्र, २७
पर्यावरणीय संरक्षण तथा स्वच्छ कोहलपुर निर्माण गर्ने उद्देश्यले कोहलपुर नगरपालिका–११, बाँकेमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
आज मिति २०८३ साल भदौ २७ गते ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरका अध्यक्ष एकराज शर्माको अध्यक्षता तथा कोहलपुर नगरपालिका वडा नं. ११ की वडाध्यक्ष कल्पना शर्माको प्रमुख आतिथ्यतामा पर्यावरणीय संरक्षण अभियानअन्तर्गत कोहलपुर–११ स्थित साझचोकदेखि पश्चिमतर्फ वृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको पहल तथा कोहलपुरका विभिन्न संघसंस्थाको सहभागितामा आयोजित कार्यक्रममा कोहलपुर नगरप्रहरी प्रमुख वीरबहादुर थापा, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) निरज सिंह, रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष ईश्वरी जंग मल्ल, लायन्स क्लब अफ प्रोफेसनका अध्यक्ष परिवर्तन विश्वकर्मा, वेटर बाँकेका अध्यक्ष सञ्जय मण्डल, वडा सदस्य बज्जु थारु, समाजसेवी सृजु रोकाय, खेम शर्मा, थारुगाउँ टोल विकास संस्था कोहलपुर–११ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी कार्यक्रममा विभिन्न पुस्तकालयका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, पुस्तकालयका कर्मचारी, पुस्तकालयप्रेमी, समाजसेवी, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि तथा इन्टरनेट पार्टनर भायोनेट लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले सञ्चालन गर्दै आएको नियमित सरसफाइ अभियानको यो २८औँ शृङ्खला हो। साथै पर्यावरण संरक्षण अभियानअन्तर्गतको यो दोस्रो शृङ्खला रहेको कार्यक्रम समापनका अवसरमा पुस्तकालयका अध्यक्ष शर्माले वताए साथै समापन कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरले लागू औषत नियन्त्रण सम्बन्धिको जनचेतनामुलक सन्देश दिएको थियो ।
कार्यक्रममा सहभागीहरूले सार्वजनिक स्थलमा फोहोर नगर्ने, वातावरण संरक्षणमा व्यक्तिगत तथा संस्थागत रूपमा जिम्मेवार बन्ने र स्वच्छ तथा सुन्दर कोहलपुर निर्माणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सफल बनाउन सहयोग तथा सहभागिता जनाउने सम्पूर्ण सरोकारवाला निकाय, संघसंस्था, सुरक्षा निकाय, सञ्चारकर्मी, समाजसेवी, पुस्तकालयप्रेमी तथा स्थानीय नागरिकप्रति ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
पुस्तकालयले आगामी दिनमा पनि यस्ता सामाजिक तथा पर्यावरणीय अभियानलाई निरन्तरता दिने जनाउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ज्ञानोदय पुस्तकालयको अभियानमा जोडिन सम्पूर्ण नागरिक तथा संघसंस्थालाई आग्रह गरेको छ। कार्यक्रमको सहजीकरण ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सहसचिव ईश्वर शर्माले गरेका थिए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।





















प्रतिक्रिया दिनुहोस्