Kohalpur Today Header Ads

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसमा भव्य रूपमा मनाइयो गुरु पूर्णिमा




कोहलपुर, बाँके, साउन २९।

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरमा अध्ययनरत ग्र्याजुएट स्कुल अफ एजुकेसन, विज्ञान, व्यवस्थापन तथा मानविकी सङ्कायका विद्यार्थीहरूले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी गुरु पूर्णिमा श्रद्धा, सम्मान र उत्साहका साथ मनाएका छन्।


गुरु–शिष्य परम्पराको सम्मान तथा ज्ञान प्रदान गर्ने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्ना प्राध्यापकहरु लाई खादा, फूलमाला तथा मायाको चिनो प्रदान गरी सम्मान व्यक्त गरेका थिए।
कार्यक्रमको शुभारम्भ दीप प्रज्वलन तथा केक काटेर गरिएको थियो। त्यसपछि विद्यार्थीहरूले गुरुहरूको योगदान, शिक्षा र मार्गदर्शनको उच्च प्रशंसा गर्दै सम्मान समारोह सम्पन्न गरेका थिए। कार्यक्रममा गुरुहरूको प्रेरणादायी भूमिका, अनुशासन, नैतिकता र गुणस्तरीय शिक्षाको महत्वबारे पनि चर्चा गरिएको थियो।

LIfe Ok

विज्ञान, व्यवस्थापन, शिक्षा तथा मानविकी सङ्कायका विद्यार्थीहरूले आ–आफ्नो तह र विषयगत समूहबाट छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे पनि सबै कार्यक्रमको मूल उद्देश्य गुरुहरूप्रति सम्मान, कृतज्ञता र आदर प्रकट गर्नु आफ्नो जिम्मेवारी रहेको सहभागीहरूले बताएका छन्।
प्राध्यापकहरूले पनि विद्यार्थीहरूले देखाएको सम्मान र आत्मीयताप्रति धन्यवाद व्यक्त गर्दै अध्ययन, अनुसन्धान, सिर्जनशीलता तथा नैतिक आचरणलाई जीवनको मूल आधार बनाउन आग्रह गरेका थिए। उनीहरूले गुरु–शिष्य सम्बन्धलाई अझ सुदृढ बनाउँदै ज्ञान, संस्कार र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्न विद्यार्थीहरूलाई प्रेरित गरे।


कार्यक्रममा प्राध्यापक, विद्यार्थी तथा क्याम्पस परिवारको उल्लेखनीय सहभागिता रहेको थियो। सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा सामूहिक फोटोसहित सम्पन्न भएको गुरु पूर्णिमा कार्यक्रमले क्याम्पसमा उत्साहपूर्ण वातावरण सिर्जना गरेको सहभागीहरूको भनाइ छ।


यो अवसरमा क्याम्पसमा प्राध्यापकहरुले संस्कार, संस्कृति, अनुशासन र सम्मान झल्किएको छ । सोही अवसरमा क्याम्पस प्रमुख दान बहादुर हमालले सम्पूर्ण विद्यार्थीहरु लाई धन्यवाद एवम् आभार व्यक्त गर्दै उनिहरुको उज्ज्वल भविस्यको कामना समेत गरेका थिए । क्याम्पसका संकायगत प्राध्यापकहरुको आ आफ्नो संकायमा उपस्थित रहेको थियो ।

गुरु पुर्णिमाकै अवसरमा क्याम्पसका उपप्राध्यापक एवम् एकराज शर्माले सामाजिक सन्जालमा एक भिडियो मार्फत सम्पूर्ण ज्ञात अज्ञात गायत्री गुरु, दीक्षा गुरु, शिक्षा गुरु र भिक्षा गुरुहरु लाई स्मरण गर्दै हार्दिक शुभकामना व्यक्त गरेका थिए । उनले आजको दिन गुरु सम्मानको दिन भएकाले आजका बालबालिकामा यो संस्कार अलि कमि हुँदै गएको जानकारी दिए ।


नेपालको सांस्कृतिक परम्परामा गुरु पूर्णिमालाई ज्ञान, संस्कार र जीवनमार्ग देखाउने गुरुहरूप्रति सम्मान प्रकट गर्ने विशेष पर्वका रूपमा मनाइने गरिन्छ। सोही परम्परालाई निरन्तरता दिँदै वागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले यस वर्ष पनि गुरुहरूको सम्मानमा विविध कार्यक्रम आयोजना गरी पर्वलाई भव्य र स्मरणीय बनाएका छन्।
आज हिन्दू परम्परा अनुसार देशैभर गुरु पुर्णिामा मनाउंदै आएका छ्न भने गुरु पुर्णिामाको अवसर पारी सामाजिक सन्जाल तातिरहेको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार