Kohalpur Today Header Ads

सगरमाथा ज्ञानपुञ्जमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत




कोहलपुर । बाँकेकाे कोहलपुर नगरपालिका–४ किरणनालास्थित सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरेका छन् ।

कक्षा १२ द्वारा आयोजित स्वागत कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थी खेमराज शर्माको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पवित्रा रानाको प्रमुख आतिथ्यतामा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरेका हुन् ।

LIfe Ok

कार्यक्रममा प्रमुख अतिथि र विशिकार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन चौधरी, शिक्षक–अभिभावक संघ अध्यक्ष निर्मला थापा, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पवित्रा रानाले विद्यालयको शैक्षिक अवस्था, उपलब्धि, अनुशासन तथा आगामी योजनाबारे जानकारीमूलक धारणा राख्दै विद्यार्थीलाई मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अध्ययन गर्न आग्रह गरेका थिए ।

कक्षा ११ मा नवआगन्तुक विद्यार्थी अनुराग सेजुवालले कोहलपुर क्षेत्रमा सगरमाथा ज्ञानपुञ्ज अग्रणी विद्यालयका रूपमा स्थापित भएकाले आफ्नो रोजाइमा परेको बताए। उनले विद्यालयबाटै आफ्नो उज्ज्वल भविष्य निर्माण गर्ने विश्वास व्यक्त गरे।

स्वागत कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गायनलगायतका मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। नवआगन्तुक विद्यार्थीलाई फूलमाला तथा शुभकामनासहित स्वागत गरिएको कार्यक्रममा उत्साहपूर्ण वातावरण देखिएको थियो।

विद्यालयले नयाँ शैक्षिक यात्रामा प्रवेश गरेका विद्यार्थीलाई आत्मीय रूपमा स्वागत गर्दै अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय हुन प्रेरित गरेको जनाएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार