Kohalpur Today Header Ads

प्याब्सनमा आबद्ध कोहलपुरका २५ विद्यालयबाट विपद् राहतका लागि २१ लाख बढी सहयोग




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका प्याब्सन आबद्ध विद्यालयहरुले प्रधानमन्त्री राहत कोषमा करिब २१ लख बढि सहयोग गरेका छन् । मंगलबार कोहलपुरमा प्याब्सन कोहलपुरले पत्रकार सम्मेलन गर्दै कोहलपुरका २५ वटा विद्यालयहरुले २१ लाख २ हजार ६०२ रुपैयाँ सहयोग गरेका हुन् ।

प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले राहत तथा उद्धार कार्यमा सहजता होस् भन्ने उद्देश्यले कोहलपुरमा प्याब्सनमा आबद्ध विद्यालयहरुले सहयोग गरेको बताए । उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २९ हजार ५०५ रुपैयाँ, प्याब्सन कोहलपुरमा १३ लाख ७३ हजार ९९२ रुपैयाँ र प्याब्सन बाँकेमा १ लाख ९९ हजार १०५ रुपैयाँ संकलन गरी जम्मा २१ लाख २ हजार ६०२ रुपैयाँ सहयोग गरेको बताए ।

Tribhuwan School
LIfe Ok

प्याब्सन कोहलपुरका विद्यालयहरु २५ वटा छन् जसमा गोरखा युनाइटेड पब्लिक स्कुल रु. २,०१,०००, जीवन ज्योति मा.वि. रु. २,००,०००, साइनिङ स्टार मा.वि.रु. १,५१,३१५, रामजानकी मा.वि.रु. १,२९,०८५, नमुना विद्यासदन मा.वि.रु. १,२८,०४५, बालविद्या सेकेन्डरी स्कुल रु. १,०६,२२५, तक्षशिला एकेडेमी रु. १,०५,०००, शिक्षा एकेडेमी रु. १,०४,०००, निम्बल एकेडेमी कोहलपुर रु. १,०१,४१५, गिनिपिस मा.वि.रु. १,०१,०२०, बागेश्वरी एकेडेमीरु. १,०१,०००, दिपज्योति विद्याश्रम मा.वि.रु. १,००,२०५, व्रिज इन्टरनेशनल स्कुल रु. ७७,७७७, लर्ड बागेश्वरी रु. ५१,५५५, बालज्योति मा.वि.रु. ५१,०००, गुरुकुल शिक्षा सदन.रु. ५१,०००, सेन्चुरी एजुकेशनल एकेडेमी रु. ५०,५५५, मनकामना पब्लिक एकेडेमी रु. ५०,१५५, भरोसा एकेडेमीरु. ५०,०००, कोहलपुर पाठशाला ई.मी. स्कुल रु. ४१,५७५, क्यानभास बोर्डिङ स्कुल रु. २५,५५५, ग्रीनहिल एकेडेमी रु. २५,५०५, बेबी ब्लुम मन्टेश्वरी रु. २३,०००, समता स्कुल रु. ५,५५५ लगायतले कुल रु. २१,०२,६०२ जम्मा गरेका हुन् ।

सो कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राआचार्य, क्रिसा अध्यक्ष ओपेन्द्र केसी, प्याब्सन कोहलपुर उपाध्यक्ष समिर घर्ती र क्रिसा सचिव लोकेन्द्र चन्द लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार