बाँकेमा थप १०७ जनामा कोरोना पुष्टि

काेहलपुर ।

बाँकेमा बिहीवार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ८६ जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको नमुना जाँच गर्दा २२ र बागेश्वरी ल्यावमा २९ नमुना जाँच गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७९ जना छन् । पछिल्लो दिनमा नेपालगञ्ज हटस्पट बनेको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९ सय २९ पुगेको छ । यस्तै बिहीवार थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ९ सय पुगेको छ ।