Kohalpur Today Header Ads

कोहलपुरका खेलाडी नेपालको प्रतिनिधित्व गर्दै मंगोलिया जाने




कोहलपुर। बाँकेको कोहलपुर–११ निवासी तेक्वान्दो खेलाडी कमल राना एशियन तेक्वान्दो पुम्से च्याम्पियनसिप–२०२६ मा नेपालको प्रतिनिधित्व गर्दै मंगोलिया जाने भएका छन् । यही मे १९ र २० तारिखमा मंगोलियाको उल्लानबातारमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

प्रतियोगितामा प्रशिक्षक कबिराज खड्काको नेतृत्वमा खेलाडीहरू कमल राना, युबराज राना र सोस्तिका तामाङ्गले नेपालको प्रतिनिधित्व गर्नेछन् । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा कोहलपुरका खेलाडी सहभागी हुन लागेकाले स्थानीय खेलप्रेमीहरूमा उत्साह थपिएको छ ।

LIfe Ok

कमल रानाले कोहलपुरबाट खेल जीवन सुरु गर्दै विभिन्न जिल्ला तथा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित पदक जितिसकेका छन् । उनले तेक्वान्दो पुम्से विधामा निरन्तर मेहनत गर्दै आफूलाई अब्बल खेलाडीका रूपमा स्थापित गरेका छन् । हाल उनी नेपाल तेक्वान्दो सघ अन्तर्गत प्रशिक्षणरत रहेका छन् ।

प्रशिक्षक कबिराज खड्काले खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै देशको प्रतिष्ठा उच्च बनाउने बताए । प्रतियोगितामा सहभागी खेलाडीहरूलाई कोहलपुर क्षेत्रका खेलप्रेमी, विभिन्न संघसंस्था तथा स्थानीयवासीले सफलताको शुभकामना दिएका छन् ।

नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा उत्रिन लागेका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदकसहित स्वदेश फर्किने अपेक्षा गरिएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार