
कोहलपुर । बाँके राजनीतिमा सैद्धान्तिक स्पष्टता, निरन्तरता र इमान्दारिताको परिचय बनाएका नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा छन् । फागुन २१ गते हुने निर्वाचनमा उनी बाँके क्षेत्र नं.१ बाट चुनाव लड्दैछन् ।
नेपाली काँग्रेसको राजनीतिक यात्रामा गौडेलको पार्टीप्रतिको लगाव, निष्ठा, संघर्ष, सक्रियताले उनी प्रति मतदाताहरु सकारात्मक देखिन्छन् ।
पार्टी संगठन सुदृढीकरणमा गौडेलको भूमिका तुलना नै नहुने काँग्रेस नेता भानुभक्त भट्टराई बताउँछन् । बाँके क्षेत्र नं.१ का मतदाताहरुलाई चिनाउनै नपर्ने नाममा हो नारायण गौडेल भट्टराई भन्छन् उनको सादगीपूर्ण जीनशैली, कार्यकर्ताप्रतिको इमान्दारिता र अडान लोभलाग्दो छ । भुइँमान्छेको पहिचान बनाएका गौडेलले बोलेका कुराहरु पूरा गर्ने गरेको कार्यकर्ताहरु बताउँछन् ।
गौडेलले छलछामको राजनीति कहिल्यैं गरेनन् कोहलपुर वडा नं. १४ का रामलौटन यादव भन्छन् उनी जे बोल्छन् त्यो गर्छन् । उनले जित्नु पर्छ जिताउनु पर्छ ।

लामो संघर्ष, अनुभव र निष्ठाका धरोहर गौडेलले क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिइरहदा मतदाताहरु समेत उत्साही देखिएका छन् ।
कृषिमा श्रमिक किसान केन्द्रित उत्पादन प्रणाली, प्रविधिमैत्री शिक्षा र शिक्षा ऐन संशोधन, स्वास्थ्य बीमामार्फत सबै नागरिकको स्वास्थ्य पहुँच र बाँके राष्ट्रिय निकुञ्जमा जनावरहरुबाट भइरहेको आक्रमणबाट पीडित जनताको लागि ऐन संशोधन गरि जनता मुखी ऐन निर्माण गर्ने र वैकल्पिक आय आर्जन गर्ने योजना निर्माण गर्ने, बाँके राष्ट्रिय निकुञ्जलाई समेटेर पर्यटन विकाससँगै नागरिक सुरक्षाको सुनिश्चितता गर्ने लगायतका जनमैत्री एजेण्डाका साथ गौडेल मतदाताको घरघरमा पुगिरहेका छन् । आज उनी राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ र ७ मा घरदैलोमा छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्