सुर्खेतमा ‘नाे एमसीसी’ लेखिएकाे प्रेसर कुकर फेला

काेहलपुर । सुर्खेतकाे बुलबुले उद्यान नजिकै ‘नाे एमसीसी’ लेखिएकाे प्रेसर कुकर फेला परेकाे छ । बन्द अवस्थामा रहेकाे प्रेसर कुकर बम भएकाे आशंका गरिएकाे छ ।
प्रेसर कुकरमा बम हुनसक्ने भएकाेले निस्क्रिय गर्न नेपाली सेनाको बम डिस्पोजल टोलिलाई खबर गरिएको छ ।
प्रहरीका अनुसार प्रेसर कुकर राखिएकाे उक्त स्थान सुरक्षित राखिएकाे छ केही बेरमा नेपाली सेनाको बम निष्कृय गर्न जान लागेकाे छ ।