काैसिल्या अस्पतालमा एकसय रूपैयाँमा वर्षमा दुईपटक चेकजाँच गर्न पाइने




काेहलपुर ।

बाँकेकाे काेहलपुर -११स्थित कौसिल्या अस्पताल प्रालिले शैक्षिक संस्था लक्षित नयाँ स्किम ल्याएकाे छ । सेवाक्षेत्रमा रहेका विद्यालय,विद्यार्थी र अभिभावकलाई लक्षित गरेर नयाँ स्किम ल्याएकाे हाे । नयाँ स्किम अनुसार वार्षिक एकसय रूपैयाँमा दुईपटक स्वास्थ्य जाँच गर्न सकिनेछ ।

साे स्किम अन्तर्गत काैसिल्या अस्पताल र बैजनाथ- २ स्थित दीपज्योति बिद्या निकेतनबीच वार्षिक सम्झौता गरिएकाे अस्पतालमा निर्देशक रामप्रसाद न्याैपानेले बताए । सम्झौता अनुसार एकसय रूपैयाँमा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय कर्मचारी तथा अभिभावकको स्वास्थ चेकजाँच गरिनेछ । प्रत्येक व्यक्तिले एकसय रूपैयाँ तिरेमा वर्षमा दुईपटक स्वास्थ्य जाँच गर्न पाउने सम्बन्धि सम्झाैतामा कौसिल्या अस्पताल प्रालिका निर्देशक रामप्रसाद न्यौपाने र दीपज्योति बिद्या निकेतन बैजनाथका प्रधानाध्यापक संस्थापक लक्ष्मणबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झाैता अनुसार विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । सबै नागरिकले न्युनतम शुल्कमा स्वास्थ्य उपचार गर्न सकाेस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएकाे अस्पतालले जनाएकाे छ । साथै विद्यालय बालबालिकाको शिक्षाका साथै बालबालिका र अभिभावकलाई सहज हुने अस्पतालका प्रशासन प्रमुख शंकर न्यौपानेले बताए । एक जना विद्यार्थीले बार्षिक एकसय रूपैयाँ तिरेपछि अस्पतालले बर्षमा दुईपटक पटक विद्यालयमा नि:शुल्क स्वास्थ शिविर सञ्चालन गर्ने उनकाे भनाइ छ ।

विद्यार्थी,शिक्षक तथा अभिभावकको उपचार गराउँदा अस्पतालबाट प्रदान गरिने सबै सेवामा अधिकतम् ३०% छुटमा अस्पतालले उपचार गर्नेछ ।अस्पतालको आगामी योजनामा सबै संस्थागत विद्यालय ,सहकारी तथा लघुबित्तहरुसँग यसरी नै सम्झौता गरि न्युनतम् शुल्क मा उपचार गर्ने योजना रहेकाे छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत २० गते मंगलबार